Highlights

Please Contribute your Donations Generously to Support the Research on Hindu Astrology and Allied subject.
Donations are not compulsory and you can fill in the amount according to your capacity. You can send it through Esewa and Skrill. Paypal is not accepted in Nepal.

 Esewa Id:- astrologernepal@gmail.com, Skrill Id: astrologernepal@gmail.com.

तन्त्रशास्त्रमा मद्यपान

काठमाडौं, भाद्र ७। मेरु–तन्त्रको दशौं प्रकाश (पृ.२०७) मा मद्यको आवश्यकता विषयमा यस्तो वचन छ– लक्ष्मीले कोलासुरलाई मारेर त्यसको रगत पिउनुभयो । सो पानको नशाले उहाँ चूर भएको देखेर त्यहाँ भएका देवगण र ऋषिमुनिहरूले हँस्सी उडाए । त्यसबाट लक्ष्मी रिसाएर भूमिमा अन्र्तध्यान हुनुभयो अनि संसार नै निःश्री भयो अर्थात् श्री नै नभएको भयो अनि तीन लोकमा हाहाकार पर्‍यो र देवगण र मुनिगण आकुलव्याकुल भएर ब्रह्माजी कहाँ गए ।

ब्रह्माजी पनि श्री हराएकी हुनाले झ्याउरे भएर बसिरहेका रहेछन् । तिनीहरूको प्रार्थना सुनेर उनले ‘लक्ष्मीलाई तिमीहरूले हँस्सी उडायौ तसर्थ उहाँ रिसानी भएर रसातलमा जानुभएको हुनाले यी हेर मेरो समेत यस्तो दशा भयो’ भनेर तिनीहरूलाई सम्झाए र अब गएर उनै जननीको आराधना गरौँ भनेर विष्णु र शिवजीसमेत भई सबैलाई साथमा लिएर श्रीशैलपर्वतमा गएर तीन वर्षसम्म तपस्या गर्दा लक्ष्मीले दर्शन दिनुभएर केही मुस्कुराई भन्नुभयो, अघि मलाई हँस्सी उडाएथ्यौ अहिले फेरि किन मलाई सम्झनुपर्‍यो?’ यो सुनी सबैले ‘हाम्रो बुद्धि पुगेन बिरायौ’ भने । अनि लक्ष्मीले भनिन्–
‘इयं सुरा मे भगिनी तत्प्रधान तु पुजनम् ।
ये करिष्यन्ति देवस्य स देवो मोदमेष्यति ।।’
अर्थात्कस्– यो सुरा (मद्य) मेरी बहिनी हो, त्यस कारणले पूजाहरूमा यसलाई मुख्य गराएर पूजा गर्नुपर्छ– त्यसैबाट देवता प्रसन्न हुनेछन् । भन्ने भएबाट मद्यको आवश्यकता भएको हो । अब सुरा लक्ष्मीको बहिनी कसरी भइन् भन्ने विषयमा तन्त्रात्नरमा र पुराणादिमा पनि निम्नलिखित कथाको वर्णन छ–
अघि अमृत झिक्न समुद्र मथन गर्ने देव र दानवहरूले अठोट गरे । त्यस अवस्थामा सुमेरु पर्वतलाई मदानी र शेषनागलाई नेती बनाई समुद्र मथन गर्दा टाउकोतिर दानव र पुच्छरतिर देवहरूले तान्न थाले । त्यस अवस्थामा ऐरावत हात्ती आदि अनेक वस्तु निस्के । यसपछि जगत् नै नाश गर्ने कालकूट विष निस्के । त्यसलाई शिवजीले पान गरेर जग्लाई बचाए । त्यसपछि लक्ष्मी निस्किन् । ती लक्ष्मीलाई विष्णुले पाणिग्रहण गरे । त्यसपछि सुरा निस्क्यो अति त्यही सुरालाई घडामा राखी धन्वन्तरीले लिएर निस्के । यस कारणले लक्ष्मीले सुरालाई बहिनी भनेकी हुन् । सोही सुरालाई मन्त्रद्वारा सुधा बनाएर पूजामा प्रयोग गरिन्छ । अनादिकालदेखि नै विष्णुको शक्ति भएर विष्णुसँग अभिन्न अंग भई बस्ने लक्ष्मी कसरी समुद्रबाट निस्किन् भन्ने बारेमा कुनै तन्त्र र कुनै पुराणहरूमा यस्तो कथा उल्लेख छ–
विष्णु शेषशायी भई निदाइरहेको बेलामा लक्ष्मी पाउ दाबिरहेकी थिइन् । त्यस अवस्थामा सनत्कुमारहरू विष्णुलाई भेट्न आएछन् र हाजिर पुर्याउदा लक्ष्मीले अहिले ‘एकछिन विष्णुको निद्रा परेको छ बस्नोस्, जागा भएपछि भेट गराउँला’ भन्ने जवाफ दिइन् । त्यो खबर सुनी सनत्कुमारहरू रिसाई ‘यिनी त बैकुण्ठमा बस्नलायक बुद्धिकी रहिनछिन्, पृथ्वीमा जन्मन परिहालोस्’ भनेर श्राप दिए । सो श्रापले गर्दा लक्ष्मीले पृथ्वीमा भृगु ऋषिकी छोरी भई जन्मिन् । उनको विवाह गर्ने अवस्था भएपछि दिक्पाल, यक्ष, गन्धर्व र ठूला–ठूला राजाहरूलाई निम्ता गरी कन्याको हातमा माला दिई ‘बर छानी स्वयम्बर गर’ भन्दा उनले ‘म त आकाशजस्तो रङ्ग भएको र चतुर्भुज भएकोलाई मात्र वरण गर्छु भनी अड्किँदा इन्द्रले उनको रूप देखि मोहित भएर जबर्जस्ती हरण गर्नखोज्दा उनी अघि–अघि भागिन् र इन्द्रले पछि–पछि लगार्दै गए । आखिरमा उनी समुद्रमा फालहालिन् । त्यस दिनदेखि उनी समुद्रमै थिइन् । समुद्र मथन गर्दा सनत्कुमारको श्रापबाट मुक्त भई निस्केकी हुन् ।
मद्यको प्रयोग नभई पूजा हुँदैन भन्ने माथि वर्णन भयो । फेरि कुलार्णव–तन्त्रको यस पटलमा पद्यमान गर्नलाई निषेध पनि देखाइएको छ । त्यसको मतलव के हो भने मद्यपान गरेर त्यसको नशाबाट अनिष्ट भएबाट त्यसलाई निषेध गरेको हो । त्यस विषयमा एउटा कथा छ–
मृतसञ्जीवनी विद्या दानवका गुरु शुक्राचार्यले मात्र जानेको हुनाले देवताका गुरु वृहस्पतिले आफ्नो छोरा कचलाई शुक्राचार्यकहाँ यो मृतृसञ्जीवनी विद्या सिक्न पठाए । कचको सौन्दर्य देखेर शुक्राचार्यकी छोरी देवयानीले मोहित भई उनीसँग प्रेम गर्न लागिन् । उता दानवहरूले भने कचको ईष्र्या गर्न लागे । अतः दानवहरूले कचलाई मारिदिएर हाडखोर यत्रतत्र फालिदिए । जब बेलुका खाने बेला भयो । कच नआइपुग्दा शुक्राचार्यकी छोरीले आफ्ना बाबुसँग ‘कच नआई म खान्नँ’ भन्ने जिद्दी गर्दा शुक्राचार्यले ध्यानदृष्टिले विचार गरी कचको हाडखोर जम्मा गरी मृतसञ्जीवनी विद्याद्वारा कचलाई जगाई ल्याउने गर्दथे । धेरैपटक यस्तो क्रम जारी रह्यो । अनि दानवहरू आजित भई कचलाई मारी उनका हाडखोरसमेत खरानी पारी शुक्राचार्यले नित्यपान गर्ने मद्यमा घोलिदिए । शुक्राचार्यले सो चाल नपाई त्यो मद्य पिइदिए । त्यसपछि साविक भैmँ उनकी छोरीले कचको माग गर्दा शुक्राचार्यले हेर्दा कचलाई आफ्नो पेटमा भएको थाहा पाए । अनि अपसोच साथ यो कुरा भन्दा उनकी छोरीले ज्यादै अलाप–विलाप गर्न थालिन् । सो देखि शुक्राचार्यले आफ्नो पेटभित्र मृतसञ्जीवनीको प्रभावले कचलाई बचाए । अनि कचलाई आफ्नै पेटभित्र मृतसञ्जीवनी विद्या सिकाई ‘तँ मेरो पेट फोरेर निस्की अनि म मर्छु त्यसपछि यही विद्याको प्रभावले मलाई बँचाएस्’ भन्ने आज्ञा दिए । अनि सोहीबमोजिम काम भयो । त्यसपछि ‘यो मद्यपान गर्नु साह्रै खराब रहेछ, भने विचार गरी ‘मद्यपान गर्ने ब्राह्मणलाई ब्रह्महत्या लागोस्’ भनेर कच, शुक्राचार्य अलि ब्रह्माले समेत श्राप दिए ।
फेरि द्वापर युगको अन्त्यमा मद्यपान गरेर त्यसको नशाबाट निस्केको जोशले यदुवंशीहरू आपसमा काटाकाट गरी सखाप भएको हुनाले श्रीकृष्णले पनि ‘क्षत्रीयहरूले पनि मद्यपान गरे ब्रह्म हत्या लागोस्’ भनी श्राप दिए । तसर्थ मद्यलाई कुलार्णव–तन्त्रले निषेध गरेको छ । फेरि सोही कुलार्णव–तन्त्रमा कुलाचारमा मद्यको प्रयोग नभई पूजा नै नहुने कुरा पनि छ । त्यस कारणले वीरभावमा मद्यको प्रयोग हुनैपर्छ, पशुभावमा भने यसको प्रयोग हुँदैन । यसको कारण के हो भने कचश्राप, शुक्रश्राप, ब्रह्मश्राप र  कृष्णश्राप मोचन नभई मद्यको प्रयोग हुन सक्दैन । सो प्रयोग गर्नलाई केवल मन्त्रमात्र प्रयोग गरेर शोधन हुँदैन, त्यसको मन्त्रद्वारा प्रभावतत्व निकाल्न सके मात्रै यसको शोधन हुन्छ । यस विषयमा मन्त्र–मनोविज्ञानका साथ मन्त्र प्रयोग गर्नुपर्छ । सो गर्ने समर्थ पशुभावमा हुन सक्दैन ।

Good Astrology Counseling

Are You seeking for Good Astrology Counselling, Now you can access to authentic Vedic astrologer from Nepal? Our Fee is 1100 or $15 Per Question. You can make payment through Esewa or SkrillOur Id:-astrologernepal@gmail.com . Only Paid Questions will be Answered.

Vastu Fees

Home:- Rs.5,100.00. Apartments: Rs.11,000.00. Commercial shop/office:- Rs. 5,100.00. Industry :- Rs.21,000.00.

सम्पादक/प्रकासक:-
डा. सुनील सिटौला (आचार्य कैवल्यानन्द)
ज्योतिर्विज्ञान मञ्च- पोस्ट बक्स २६३२९
काठमाडौं नेपाल। सेल:-९८५१०-७२१८८
email:- suneelsitaula@hotmail.com

We have 7 guests and no members online

ज्योतिषी परामर्स

कुनै पनि तान्त्रिक, साधु, सन्यासीले
तपाईँको भाग्य बदल्न सक्दैन।
तर ज्योतिषशास्त्रबाट भविष्यमा
हुने घटनाहरूको पूर्व अनुमान गरी
उपायहरू अपनाउन सकिन्छ ।
सम्पर्क:- डा.सुनील: NIC Asia
बैंकसंगै जोडीएको सेतो घर
मैतिदेवी काठमाडौं नेपाल
शुल्क रु ११०० - मात्र ।
मोबाईल : ९८५१०७२१८८ (बूकिङको लागि मात्र)
१३- १७ घण्टा भित्र संपर्क गर्नुहोला
Email:-astrologernepal@gmail.com

Jokhana App

 Jokhana is a traditional occult science. It is as powerful and practical as Tarot, Voodoo, Oracle, Astrology, Jyotish, Palmistry, Numerology, Fengshui, Vastu and so on and so forth. Download

Lucky Gems or Stones

We suggest and provide the lucky gems or stones suitable for your signs - lunar Manson, Dasha and birth number. email: astrologernepal@gmail.com or visit www.astrologernepal.com

पत्रीका कभरफोटो

Astrology services

 Dr. Suneel Sitaula is a famous Palmist and Astrologer. He uses astrology, palm reading, and Numerology readings and provides solutions. For more info visit:- www.astrologernepal.com