Highlights

Please Contribute your Donations Generously to Support the Research on Hindu Astrology and Allied subject.
Donations are not compulsory and you can fill in the amount according to your capacity. You can send it through Esewa and Skrill. Paypal is not accepted in Nepal.

 Esewa Id:- astrologernepal@gmail.com, Skrill Id: astrologernepal@gmail.com.

नयाँ वैदिक–तिथिपत्र वैदिक पात्रो) प्रकाशित

वेदाङ्गज्योतिषका आधारमा वैदिक युग, वर्ष, अयन, ऋतु, महिना, तिथि र नक्षत्रको गणना गरिएको वैदिक तिथिपत्रम् (वैदिक पात्रो) को नयाँ अङ्क यही मङ्सिर २६ गते परेको वैदिक नयाँ वर्षका अवसरमा प्रकाशित भएको छ । प्रमोदवर्धन कौण्डिन्न्यायनद्वारा सम्पादित र काठमाण्डौँस्थित स्वाद्ध्यायलाकुटुम्बद्वारा प्रकाशित यस पात्रोमा अन्य पात्रोमा भन्दा धेरै विषयहरू फरक रहेका छन् ।

 

पारस्करगृह्यसूत्र, मीमांसासूत्र इत्यादि शास्त्रअनुसार विवाह, चूडाकरण, व्रतबन्ध, अन्नप्राशन, गृहप्रवेश आदिका दिन (साइत) दिइएको प्रस्तुत पात्रोमा तिथि र नक्षत्रमा अरुमा भन्दा एक दिन सम्मको फरक रहेको छ, ऋतुमा १८ दिनदेखि डेढ महिनासम्मको फरक रहेको छ र विवाह आदिका साइतमा पनि फरक रहेको छ । वेदाङ्गज्योतिष अनुसार उत्तरायण लागिसक्ने हुनाले पुसमा पनि विवाहव्रतबन्ध लग्न दिइएको छ । २०७२ साल पुस १, ४, ५, ६, ९, १० र २८ गते तथा २०७३ साल पुस १६, १८, २१, २२ र २६ गते विवाहका निम्ति शुभदिन रहेको जनाइएको छ । शुक्लयजुर्वेदको गृह्यसूत्र अनुसार चैतमा विवाह गर्न निषेध नभएकाले चैतमा पनि विवाहलग्न दिइएको छ । २०७२ साल चैत २, ३, १०, २९, र ३० गते तथा २०७३ साल चैत १६, २० र २४ गते विवाहको लग्न दिइएको छ । त्यसै व्रतबन्धका निम्ति गरी २०७२ पुस १,२ ९ र २८ तथा २०७३ साल १८, २२ र २६ गते शुभदिन दिइएको छ । त्यसैले धर्म संस्कृतिका विषयमा चासो राख्ने सबैले यो पात्रो एक पटक हेर्नै पर्ने देखिन्छ । बृहस्पति र शुक्रको उदय तथा अस्तको विवरण पनि यसमा दिइएको छ ।

प्राचीन कालमा वैदिक आर्ष शिक्षाप्रणाली जीवन्त अवस्थामा थियो भने समय समयमा आएका विषम परिस्थितिका कारण त्यस शिक्षा¬–प्रणालीमा अनेक प्रकारका बाधा–व्यवधानहरू आइपरेको कुरा इतिहास पढ्दा बुझिन्छ । त्यसै बाधा–व्यवधानले गर्दा ओझेलमा पारेका महत्त्वपूर्ण ग्रन्थहरूमध्ये वेदाङ्गज्योतिष पनि एक हो । आधुनिक कालमा पाश्चात्त्य अनुसन्धाता जर्बिस, कोलब्रुक, म्याक्समुलर, याकोबी, वेबेर, थिबो इत्यादिले मात्र होइन भारतीय अनुसन्धाता कृष्णशास्त्री गोडबोले, जनार्दन बालाजी मोडक, शङ्कर बालकृष्ण दीक्षित, लाला छोटेलाल बार्हस्पत्य, सुधाकर द्विवेदी, बालगङ्गाधर तिलक, योगेशचन्द्र राय, शामशास्त्री, गोरखप्रसाद, सत्यप्रकाश, इन्द्रनारायण द्विवेदी इत्यादिले पनि राम्ररी बुभ्mन र व्याख्या गर्न नसकिराखेको वेदाङ्ग–ज्योतिषको मूल कालगणना–पद्धतिलाई वेद, वेदाङ्ग, स्मृति, पुराण, इतिहास इत्यादिको गम्भीर अध्ययनका आधारमा नेपाली विद्वान् श्री शिवराज आचार्य कौण्डिन्न्यायन वाचस्पतिले वेदाङ्गज्योतिषको कौण्डिन्न्यायनव्याख्याननामको नयाँ र प्रामाणिक व्याख्याका माध्यमले स्पष्ट पार्नु भएको छ । यसरी आँप्mना मौलिक वैदिक कालगणना–पद्धतिका विषयमा विगत दुइ हजार वर्ष जति अगिदेखि पैmलिँदै आएका अज्ञान अन्धकारलाई चिर्दै यस आर्यतपोभूमि हिमवत्खण्डमा रहेको नेपालबाट हिमवत्खण्डको गौरव व्यक्त गर्दै वैदिक तिथिपत्र प्रकाशित गर्ने काम छ वर्ष अगाडि २०६७ देखि थालिएको हो । यस पात्रोको वैदिक परम्पराका व्यक्तिहरूले अनुसरण गर्नु उपयुक्त हुने छ । 

वेदाङ्गज्योतिष वेदका छ अङ्गहरूमध्येको ज्योतिषको मुख्य र प्राचीनतम वैदिक ग्रन्थ हो । वेदाङ्ग–ज्योतिष ग्रन्थलाई लौगाक्षि–स्मृतिमा नित्य पाठ गर्नु पर्ने, उपाकर्म र उत्सर्जन–कर्ममा प्रवचन गर्न पर्ने, अलङ्घनीय ग्रन्थमा गनिएको छ  स्मृतिसन्दर्भ–६, वि.सं. २०१३, २७५ पृ.), देवीभागवतमा ११।२०।४–१० र शिव¬पुराणको कैलाससंहितामा १२।८८–९२ पनि वेदाङ्गज्योतिषको महत्त्व देखाइएको छ । शुक्लयजुर्वेदको माध्यन्दिनीय शाखाका अनुयायी सनातन–धर्मावलम्बीहरूले पारस्करगृह्यसूत्र अनुसार विवाह, व्रतबन्ध इत्यादि संस्कारकर्मको र अरू यज्ञहरूको अनुष्ठान गर्नु पर्ने हँुदा ती वैदिक धर्मकर्मका निम्ति वेदाङ्ग–ज्योतिष अनुसारको पात्रो आवश्यक पर्ने हुन्छ । यसै आवश्यकताको पूर्तिका निम्ति यस वैदिक–तिथिपत्रको प्रकाशन गरिएको कुरा स्वाध्यायशाला कुटुम्बले जनाएको छ । 

भारततिर प्रान्तै¬पिच्छे ब्राह्मगुप्तपक्षीय, आर्यभटपक्षीय, दृक्सिद्ध, आर्तव इत्यादि विभिन्न प्रकारका पञ्चाङ्गहरू र एफेमेरिज्हरू बन्ने र प्रकाशित हुने गर्छन् । राष्ट्रिय पञ्चाङ्ग भनी सरकारी निकायले पनि अनेक भारतीय भाषाहरूमा पञ्चाङ्गहरू प्रकाशित गर्छ । नेपालमा पनि भास्वती, सिद्धान्तसारणी, सूर्यसिद्धान्त¬, दृक्सिद्ध इत्यादि आधारमा पात्राहरू प्रकाशित हुन थालेका छन् । तथापि मूल वेदाङ्गज्योतिषअनुसारको पूर्ण वैदिकतिथिपत्र (वैदिक पात्रो) भने प्रकाशित हुन सकिराखेको थिएन । विगत २० वर्षदेखि वेदाङ्गज्योतिषको कालगणना–पद्धतिका विषयमा पुस्तक, लेख–निबन्ध इत्यादिद्वारा निरन्तर विशेष छलफल चलाएको स्वाद्ध्यायशालाकुटुम्ब  बुढानीलकण्ठमार्गसंलग्न शिवमन्दिरमार्ग, हात्तिगौँडा, खड्का¬भद्रकाली गा.वि.स.–२, काठमाडौँ, ९८४३१६२०५३) ले यो वैदिकतिथिपत्र प्रकाशित गरेको हो । यो नेपालीहरुका निम्ति गौरवको विषय पनि हो । 

वेद र वेदाङ्गका अनुयायी सज्जनहरुबाट यस्तो तिथिपत्र  पञ्चाङ्ग) प्रकाशित गर्न स्वाद्ध्यायशाला कुटुम्बलाई वारंवार माग हँुदै आएको पनि बताइएको छ । यस पात्रोको प्रकाशनमा र प्रचारमा विशेष सहयोग गर्ने सुनसरि, सिन्धुपाल्चोक, नुवाकोट, काठमाण्डौँ, धादिङ, गोर्खा, तनहुँ, चितवन इत्यादि विभिन्न जिल्लाका सज्जन महानुभावहरूका नामहरू पनि यस वैदिक तिथिपत्रमा छापिएका छन् । 

वेदाङ्गज्योतिष अनुसार बनेको वैदिक तिथिपत्र नेपालीहरूको मात्र होइन प्राचीन सभ्यताका अनुयायी र ज्ञान–विज्ञानका साधक संसारका सम्पूर्ण मानिसहरूका निम्ति महत्त्वपूर्ण उपलब्धिका रूपमा आएको छ । यस पात्रोमा आगामी संस्करणहरूको प्रकाशन–प्रचारणमा सहयोगी सदस्य बन्न पनि स्वाध्यायशाला कुटुम्बले सबैमा अनुरोध गरेको छ । यस सम्बन्धमा सबै शङ्काहरूको समाधान गर्न र उठाइने प्रश्नहरूको विवेचनात्मक उत्तर दिन स्वाद्ध्यायशाला कुटुम्ब सदा तत्पर रहेको जनाइएको छ ।। 

कृति ः वैदिकतिथिपत्रम्  २०७३)

पृष्ठ ः ८४ 

मूल्य ः ६०।– 

रचयिता र सम्पादक ः प्रमोदवर्धन कौण्डिन्न्यायन

प्रकाशक ः स्वाद्ध्यायशाला, हात्तिगौँडा, 

बुढानीलकण्ठ न.पा.–७, काठमाण्डौँ, ९८४१९६८२६२ ।

Good Astrology Counseling

Are You seeking for Good Astrology Counselling, Now you can access to authentic Vedic astrologer from Nepal? Our Fee is 1100 or $15 Per Question. You can make payment through Esewa or SkrillOur Id:-astrologernepal@gmail.com . Only Paid Questions will be Answered.

Vastu Fees

Home:- Rs.5,100.00. Apartments: Rs.11,000.00. Commercial shop/office:- Rs. 5,100.00. Industry :- Rs.21,000.00.

सम्पादक/प्रकासक:-
डा. सुनील सिटौला (आचार्य कैवल्यानन्द)
ज्योतिर्विज्ञान मञ्च- पोस्ट बक्स २६३२९
काठमाडौं नेपाल। सेल:-९८५१०-७२१८८
email:- suneelsitaula@hotmail.com

We have 9 guests and no members online

ज्योतिषी परामर्स

कुनै पनि तान्त्रिक, साधु, सन्यासीले
तपाईँको भाग्य बदल्न सक्दैन।
तर ज्योतिषशास्त्रबाट भविष्यमा
हुने घटनाहरूको पूर्व अनुमान गरी
उपायहरू अपनाउन सकिन्छ ।
सम्पर्क:- डा.सुनील: NIC Asia
बैंकसंगै जोडीएको सेतो घर
मैतिदेवी काठमाडौं नेपाल
शुल्क रु ११०० - मात्र ।
मोबाईल : ९८५१०७२१८८ (बूकिङको लागि मात्र)
१३- १७ घण्टा भित्र संपर्क गर्नुहोला
Email:-astrologernepal@gmail.com

Jokhana App

 Jokhana is a traditional occult science. It is as powerful and practical as Tarot, Voodoo, Oracle, Astrology, Jyotish, Palmistry, Numerology, Fengshui, Vastu and so on and so forth. Download

Lucky Gems or Stones

We suggest and provide the lucky gems or stones suitable for your signs - lunar Manson, Dasha and birth number. email: astrologernepal@gmail.com or visit www.astrologernepal.com

पत्रीका कभरफोटो

Astrology services

 Dr. Suneel Sitaula is a famous Palmist and Astrologer. He uses astrology, palm reading, and Numerology readings and provides solutions. For more info visit:- www.astrologernepal.com