Highlights

Please Contribute your Donations Generously to Support the Research on Hindu Astrology and Allied subject.
Donations are not compulsory and you can fill in the amount according to your capacity. You can send it through Esewa and Skrill. Paypal is not accepted in Nepal.

 Esewa Id:- astrologernepal@gmail.com, Skrill Id: astrologernepal@gmail.com.

ज्योतिष सम्मेलन सम्पन्न। प्रतिनिधि मण्डल स्वदेश फर्कियो।

काठमाडौ। चैत्र १९। उज्बेकिस्थानको तासकन्द सहरमा  Astro Science and Heritage Research Council, New Delhi \ Asian Astrologe Congress Kolkatta,\ Viswa Jyotish Mahasang Nepal संयुक्त आयोजनामा Asian Heritage Protection Conference 2019  नामक सम्मेलन 27th -31st March मा सम्पन्न भएकोे सम्मेलनमा नेपालबाट सहभागी हुन जाने प्रतिनिधि मण्डल विश्व ज्योतिष महासंघको सम्मेलन समन्वय समितिबाट चयन हुनु भएका २९ सदस्यीय नेपाली प्रतिनिधि मण्डल आज स्वदेश फर्कियो ।

सो सम्मेलनमा भाग लिन नेपाल ज्योतिष परिषद्, दक्षिण एशियाली महासंघ, विश्व ज्योतिष महासंघ, आचार्यकूलम, तन्त्र विज्ञान नेपाल, सनातन धर्म संस्कार, चाडपर्व संरक्षण समिति, किरात ज्योतिष उत्थान संघ,राट्रिय महिला ज्योतिष संघ लगायतका संघ संस्थाका प्रतिनिधिहरु रहेको २९ सदस्यीय प्रतिनिधि मण्डलले भाग लिएको थियो । सो सम्मेलन उवेकिस्तानको तासकन्दमा सम्पन्न भएको थियो । सो सम्मेलनमा पूर्वीयदर्शन र ज्योतिषका विविध पक्षमा चर्चा हुनुका साथै ज्योतिष तथा वास्तु र तन्त्रका क्षेत्रमा विज्ञहरुले गरेका अनुभवहरु प्रस्तुत गरी जानकारी आदान–प्रदान गरिएको थियो ।

१.सो सम्मेलनले आयोजक तीनै संस्थाको संगठन विस्तार साथै तीनै संस्था मध्ये कुनै एकमा आवद्ध भएकाहरुलाई तीनै संस्थाको सदस्यता लिन आग्रह गर्ने निर्णय गरिएको थियो । 

२.ज्योतिष तथा पूर्वीय दर्शनको विकास र विस्तारमा सक्रिय रहने ।

३.ज्योषित पेसालाई मर्यादित बनाउँदै ज्योषित पेसालाई मान्यता दिलाउन पहल गर्ने ।

४.आयोजक तीनै संस्थाको सहकार्यलाई निरन्तरता दिने । 

लगायतको निर्णय गर्दै सम्मेलन सम्पन्न भएको थियो ।

वयिन्टल हेरिटेज सम्मेलनमा  विषेश सम्म्मानले सम्मानित हुननेपालीेहरुमा  पञ्चाङ्गकार डा.लोकराज पौडेल, नरेश सिंह्,डा.मिलन कुमार थापा,डा.चन्द्र कुमार सेर्मा,अम्बिका शर्मा लामिछाने,आचार्य लक्ष्मण पन्थी यसैसमारोहमा सम्मानित नेपालीहुनेहरुमा जनार्दन न्यौपान,कमला आङ्दम्वे,डा.सुवोध कुमार शुक्ला,मदन चौवे, खिलानाथ काफ्ल,ेलोकनाथ अधिकारी (फलाहारी बाबा),सूरजमुनि बज्राचार्य र नितेश बज्राचार्य रहनु भएकोथियो । 

सो सम्मेलन सम्पन्न गर्न आयोजक तीनै संस्थाको कार्यसमितिको २८मार्चमा  बैठक समेत बसेको थियो । सोही सम्मेलनको अवसरमा विश्व ज्योतिष महासंघको अन्तर्राष्ट्रिय महासभाकोे ३०मार्चमा   बैठक  बसेको थियो । सम्मेलन सम्पन्न भएपछि ३१ मार्चका दिन विश्व ज्योषित महासंघको अन्तर्राष्ट्रिय महासभाको बैठक माइन्यूट गरिएको थियो ।

विश्व ज्योतिष महासंघको महासभाको वैठक  डा.लोकराज पौडेलको अध्यक्षमा बसेको थियो । सो बैठकमा महासंघका सहअध्यक्ष डा.सत्यविश्वास (छत्तीसगढ), उपाध्यक्षहरुमा डा.मिलन कुमार थापा (नेपाल), डा.चन्द्र कुमार सेर्मा (नेपाल), डा.दिवाकर शर्मा (भारत), टि सिल्वा (मलेसिया) उपस्थित रहनु भएको थियो । अन्य पदाधिकारीमा अशोककुमार मिश्र (विहार)संगठनसचिव, नरेश सिंह (नेपाल)सभापति दक्षिण एशिया समन्वय समिति,, डा.सुबोध कुमार शुक्ल (नेपाल)सहकोषाध्यक्ष,, खिलनाथ काफ्ले (नेपाल)सभापति प्रदेश नं.३ महासंघका  अन्तर्राष्ट्रिय समितिका सदस्यहरुमा डा.देवी प्रसाद खनाल, नेपाल ,लक्ष्मण पन्थी (नेपाल), जयन्त चक्रवर्ती (कोलकत्ता), एच.चन्द्र शेखर (बेंगलोर), सोमनाथ चक्रवर्ती (कलकत्ता), के.दिवाकरण (केरला), जनार्दन न्यौपाने नेपाल, सुरजमुनी बज्राचार्य नेपाल, नितेश बज्राचार्य नेपाल लगायतका महानुभावका साथै  महासंघको महासभाका सदस्य  र पर्यवेक्षकहरु रहनुभएको महासभाले देहायका प्रस्तावहरु पारित गरेको थियो ।

१.विश्व ज्योतिष महासंघको संगठन विस्तारमा जोड दिने ।

२.विश्व ज्योतिष महासंघको व्यवस्थापनमा अन्तर्राष्ट्रिय प्रशिक्षण केन्द्र काठमाडौँमा स्थापना गर्ने ।

३.विश्व ज्योतिष महासंघको केन्द्रिय निकायहरु यथाशीघ्र गठन गरी पूर्णता दिने ।

४.महासंघका सवैनिकायका निस्कृय पदाधिकारीहरुलाई सक्रिय पार्ने । महासंघलाई समय दिन नसक्ने वा निस्कृयलाई पुर्नगठन गरी सक्रियहरुलाई जिम्मेवारी तोक्ने ।

५.केन्द्रीय समिति तथा अन्तर्राष्ट्रिय समितिबाट पारित भई पेश गरिएका प्रतिवेदनहरु पारित गर्ने । 

६.अन्तर्राष्ट्रिय निकायको रुपमा पञ्चाङ निर्णय समिति, सिद्धान्त ज्योतिष समिति, फलित ज्योतिष समिति र संस्कृत भाषा संरक्षण समिति गठन गर्ने ।

७.सन् २०२० मा नेपालमा प्रतिनिधिमूलक अन्तर्राष्ट्रिय ज्योतिष तथा पूर्वीय दर्शन सम्मेलन सम्पन्न गर्ने ।

८.अप्रिल १२ लाई विश्व ज्योतिष महासंघको स्थापना दिवस मनाउने ।

९.विश्व ज्योतिष महासंघको नेतृत्वमा विभिन्न देशहरुमा सभा, सम्मेलन, गोष्ठी, कार्यशालाहरुको आयोजना गर्दै जाने ।

१०.केन्द्रीय महासभाबाट पारित भएका आचारसंहिताहरुलाई लागु गर्ने ।

११.स्रोत, साधनको पहिचान गरी महासंघको आर्थिक स्रोत वृद्धि गर्ने ।

१२.गठन भएका निकाय, च्याप्टर र सम्पर्क कार्यालयहरुलाई अनुमोदन गर्ने ।

१३.विश्व ज्योतिष महासंघको मुखपत्र ‘मेधिनी’ प्रकाशन गर्ने ।

१४.महासंघको परिचय दिलाउन बुकलेटहरु प्रकाशन गर्ने ।

१५.महासंघको तर्पmबाट समाजमा परिआउने दैविक विपत्तिहरुमा सहयोग गर्न÷गराउन महासंघको आन्तरिक दैविक विपत्ति कोषस्थापना गर्ने ।

उजेकिस्तानको तासकन्दमा  सम्पन्न वरियन्टल हेरिटेज सम्मेलन २९ मार्चमा सम्पन्न भएको थियो । सो सम्मेलन पूर्व र सम्मेलन पछि तास्कन लगायतका पर्यटकीय स्थलहरुको प्रतिनिधिहरुलाई अवलोकन गराउन व्यवस्था समेत गरिएको थियो । सो सम्मेलनमा भाग लिन २७ मार्चमा गएको प्रतिनिधिमण्डल १ अप्रिलमा नेपाल फर्किएको थियो । सो वरियन्टल हेरिटेज  सम्मेलनको सभापतित्व भारतका डा. सत्य विस्वासले गर्नु भएको थियो ।

 सम्मेलन सहभागी नेपाली प्रतितिधिहरू

१. पञ्चाङ्गकार डा.लोकराज पौडेल

अध्यक्ष, विश्व ज्योतिष महासंघ

अन्तर्राष्ट्रिय समिति

२. डा.मिलन कुमार थापा

अध्यक्ष, तन्त्र विज्ञान नेपाल

३. डा.चन्द्र कुमार सेर्मा

उपाध्यक्ष, विश्व ज्योतिष महासंघ

Good Astrology Counseling

Are You seeking for Good Astrology Counselling, Now you can access to authentic Vedic astrologer from Nepal? Our Fee is 1100 or $15 Per Question. You can make payment through Esewa or SkrillOur Id:-astrologernepal@gmail.com . Only Paid Questions will be Answered.

Vastu Fees

Home:- Rs.5,100.00. Apartments: Rs.11,000.00. Commercial shop/office:- Rs. 5,100.00. Industry :- Rs.21,000.00.

सम्पादक/प्रकासक:-
डा. सुनील सिटौला (आचार्य कैवल्यानन्द)
ज्योतिर्विज्ञान मञ्च- पोस्ट बक्स २६३२९
काठमाडौं नेपाल। सेल:-९८५१०-७२१८८
email:- suneelsitaula@hotmail.com

We have 18 guests and no members online

ज्योतिषी परामर्स

कुनै पनि तान्त्रिक, साधु, सन्यासीले
तपाईँको भाग्य बदल्न सक्दैन।
तर ज्योतिषशास्त्रबाट भविष्यमा
हुने घटनाहरूको पूर्व अनुमान गरी
उपायहरू अपनाउन सकिन्छ ।
सम्पर्क:- डा.सुनील: NIC Asia
बैंकसंगै जोडीएको सेतो घर
मैतिदेवी काठमाडौं नेपाल
शुल्क रु ११०० - मात्र ।
मोबाईल : ९८५१०७२१८८ (बूकिङको लागि मात्र)
१३- १७ घण्टा भित्र संपर्क गर्नुहोला
Email:-astrologernepal@gmail.com

Jokhana App

 Jokhana is a traditional occult science. It is as powerful and practical as Tarot, Voodoo, Oracle, Astrology, Jyotish, Palmistry, Numerology, Fengshui, Vastu and so on and so forth. Download

Lucky Gems or Stones

We suggest and provide the lucky gems or stones suitable for your signs - lunar Manson, Dasha and birth number. email: astrologernepal@gmail.com or visit www.astrologernepal.com

पत्रीका कभरफोटो

Astrology services

 Dr. Suneel Sitaula is a famous Palmist and Astrologer. He uses astrology, palm reading, and Numerology readings and provides solutions. For more info visit:- www.astrologernepal.com