Highlights

Please Contribute your Donations Generously to Support the Research on Hindu Astrology and Allied subject.
Donations are not compulsory and you can fill in the amount according to your capacity. You can send it through Esewa and Skrill. Paypal is not accepted in Nepal.

 Esewa Id:- astrologernepal@gmail.com, Skrill Id: astrologernepal@gmail.com.

शिक्षाशास्त्रका दुइ ग्रन्थ- प्रतिज्ञासूत्र र कारिकावली

काठमाडौं भाद्र ११। शिक्षाशास्त्र:- वेदको अर्थ बुझ्न सहायता पुर्याउनका लागि वेदाङ्गहरूको रचना मुनिहरूद्वारा भएको हो । शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिष यी छ वेदाङ्गमध्ये शिक्षा नामको वेदाङ्ग पहिलो हो । किनभने शिक्षाशास्त्रको ज्ञानविना वेदको शुद्ध उच्चारण गर्न तथा रक्षा गर्न असम्भव हुन्छ । यदि वर्ण, स्वर, पद इत्यादिको ज्ञान शुद्ध रूपमा गर्न सकिएन भने  तिनको उच्चारण, प्रयोग, अर्थविचार इत्यादिको अवसर नै आउँदैन ।

त्यसैले सर्वप्रथम वेदको वर्ण–स्वर–पदादि बाह्य स्वरूप बुझेर तदनुसार शुद्ध उच्चारण गर्न आवश्यक हुन्छ । अन्यथा त्यसको विपरीत फल हुन जान्छ भन्ने शिक्षाशास्त्रमा उल्लेख छ—
मन्त्रो हीनः स्वरतो वर्णतो वा 
मिथ्याप्रयुक्तो न तमर्थमाह ।
स वाग्वज्रो यजमानं हिनस्ति 
यथेन्द्रशत्रुः स्वरतोपराधात् ।।
      —पाणिनीयशिक्षा, श्लो.५२, नारदीयशिक्षा १।१।५।
अतः वेदको शुद्ध उच्चारणका लागि तीती वेदशाखासित सम्बद्ध प्रातिशाख्य, प्रातिशाख्यपरिशिष्ट र शिक्षाहरूको अध्ययन गर्नु अति नै उपयोगी र आवश्यक हुन्छ । त्यसैले शुक्लयजुर्वेदको शुद्ध उच्चारणका लागि शुक्लयजुर्वेद–प्रातिशाख्य, त्यसको परिशिष्ट कातीय–प्रतिज्ञासूत्र र याज्ञवल्क्यशिक्षाको अध्ययन गर्न आवश्यक देखिन्छ ।
प्रतिज्ञासूत्र र त्यसका मुद्रित व्याख्याहरूको समीक्षा शुक्लयजुर्वेद–प्रातिशाख्यमा सामान्य रूपले प्रतिपादन गरिएका र नगरिएका पनि कतिपय माध्यन्दिनीय–वाजसनेयि–शुक्लयजुर्वेद–मन्त्रसंहितासित सम्बद्ध उच्चारणप्रकार प्रतिज्ञासूत्रमा बताइएको छ । कात्यायन मुनिकै कृति मानिने प्रतिज्ञासूत्र पनि शुक्लयजुर्वेद–प्रातिशाख्यभै सम्बद्ध वेदशाखाका मन्त्रोच्चारणका विषयमा प्रमाण हुन्छ । शुक्लयजुर्वेद–प्रातिशाख्यपछि प्रतिज्ञासूत्रको र त्यसपछि याज्ञवल्क्यशिक्षाको क्रम आउँछ । यिनै क्रमले यिनको प्रामाणिकता मानिन्छ ।
प्रतिज्ञासूत्रमा तीन कण्डिका र तिनमा जम्मा २३ सूत्र छन् । प्रथम कण्डिकामा स्वरप्रक्रिया, द्वितीय कण्डिकामा उच्चारणविधि र तृतीय कण्डिकामा अनुस्वार, विसर्ग तथा अकारका विषयमा विचार गरिएको छ ।
प्रतिज्ञासूत्रको सर्वप्रथम मुद्रण जर्मनीको बर्लिनमा सन् १८७१मा अल्ब्रेख्त् वेबर्ले रोमन लिपिमा गराएका रहेछन् । यो संस्करण शुक्लयजुर्वेद–प्रातिशाख्यको ज्योत्स्नावृत्तिका रचयिता राम शर्माको टीका र जर्मन अनुवादका साथ मुद्रित भएको बुझिन्छ । यो संस्करण अप्राप्य छ ।
त्यसपछि यो ग्रन्थ अनन्तदेव याज्ञिकको भाष्यसहित युगलकिशोर (व्यास) पाठकद्वारा सम्पादित उव्वटभाष्ययुक्त शुक्लयजुर्वेद–प्रातिशाख्यमा परिशिष्टका रूपमा मुद्रित भएको छ (वाराणसी, सन् १८८८) । यो संस्करण पनि अप्राप्य नै छ ।
अनन्तको प्रतिज्ञासूत्रव्याख्या केही विस्तृत तथा प्रामाणिक पनि देखिन्छ । तथापि यो व्याख्या कहीँ अनावश्यक रूपले विस्तृत तथा कहीँ सङ्क्षिप्त रहेको छ । कहीँ सङ्क्षिप्त रूपले विषयका प्रतिपादनले, कहीँ उदाहरणका न्यूनताले र कहीँ सूत्रार्थ स्पष्ट पार्न असमर्थ उदाहरणहरूका प्रदर्शनले कतिपय सूत्रको अर्थ स्पष्ट पार्न यो व्याख्या असमर्थ देखिन्छ । यकारको जकारका रूपमा उच्चारण गर्नुपर्ने विधानका प्रसङ्गमा, तीन प्रकारका वकारको विशेषता बताइएका स्थलमा तथा अन्यत्र पनि यस्तो स्थितिको अनुभव हुन्छ । अनन्तको व्याख्याका साथ छापिएको प्रतिज्ञासूत्रका संस्करणमा कहीँ सूत्रविभाग पनि अनुचित रूपले गरिएको छ ।
प्रतिज्ञासूत्रको नित्यानन्द पर्वतीयद्वारा रचित सङ्क्षेपार्थसूक्ति नामको व्याख्या शतपथब्राह्मणको पञ्चम भागका अन्तमा (मुम्बयी, सन् १९४०) मुद्रित छ । यस संस्करणको पुनर्मुद्रण पनि भएको छ (दिल्ली, सन् १९९०) । यो स्वतन्त्र ग्रन्थका रूपमा चाहिँ मुद्रित छैन ।
यो व्याख्या सरल र सङ्क्षिप्त छ । संक्षिप्त हुनाले नै सूत्रार्थ स्पष्ट गर्न कहीँकहीँ असमर्थ पनि देखिन्छ । उदाहरणहरूको न्यूनता यहाँ पनि छ । सूत्रविभाग पनि सबै ठाउँमा ठिकसित गरिएको छैन । तृतीय कण्डिकाको पदाद्यस्या... इत्यादि सूत्रको व्याख्या सबै पाठको विरुद्ध हुनाले अग्राह्य छ ।
राम शर्माद्वारा रचित प्रतिज्ञासूत्रको टीका शुक्लयजुर्वेद–प्रातिशाख्यको ज्योत्स्नावृत्तिका अन्तमा मुद्रित छ (वाराणसी, सन् १९८९) ।
उनले लेखेको प्रतिज्ञासूत्रको टीका सङ्क्षिप्त छ । त्यहाँ सूत्रार्थानुसार आवश्यक सबै प्रकारका उदाहरण पनि सबै स्थलमा देखाइएका छैनन् । अतः उनका टीकाबाट पनि कहीँकहीँ सूत्रको तात्पर्य स्पष्ट रूपमा बुभ्mन हुने कठिनता हट्न सकेको छैन । राम शर्माले पनि अनुचित स्थानमा सूत्रविभाग गरेका छन् ।
प्रतिज्ञासूत्रको कुबेरनाथ पाठकद्वारा रचित कौबेरी व्याख्या सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयले (वाराणसी, सन् १९८८) प्रकाशित गरेको छ ।
यस व्याख्यामा धेरै दोष छन् । यहाँ कण्डिकालाई सूत्र भनिएको छ । अपौरुषेय मन्त्रसंहितालाई सकर्तृक बताइएको छ । अर्थ गर्ने वेलामा षकारको खकार उच्चारण नगरेर षकार नै उच्चारण गर्नुपर्ने कुरा गरिएको छ, यकारको जकार उच्चारण नगरेर यकार नै उच्चारण गर्नुपर्ने कुरा बताइएको छैन । यसैगरी अन्य धेरै अशुद्धिपूर्ण र त्रुटिपूर्ण प्रतिपादन पनि यहाँ देखिन्छन् । केही स्थानमा संस्कृतभाषा पनि अशुद्ध छ । मुद्रणाशुद्धि त असङ्ख्य छन् । कहीँकहीँ सूत्रविभाग पनि सर्वथा अनुचित प्रकारले गरिएको छ । अनुचित सूत्रविभागले गर्दा यहाँ कतिपय सूत्रको अर्थ पनि पूर्णतया गलत दिइएको छ । यसप्रकार प्रतिज्ञासूत्रको यो व्याख्या र संस्करण धेरै दोषले युक्त र सर्वथा अनुपयोगी पनि हुन पुगेको छ ।
प्रस्तुत नवीन व्याख्याका विशेषताहरू
प्रतिज्ञासूत्रका पूर्ववर्ती व्याख्याहरूमा केही न्यूनता, अस्पष्टता र परिष्करणीयता रहेकाले उक्त विविध प्रकारका दोषहरू नभएको नवीन व्याख्याको आवश्यकता अनुभव भयो र यो नयाँ संस्कृतव्याख्या रचियो । यसैसित नेपाली व्याख्या पनि जोडेर प्रकाशित छ ।
यहाँ सूत्रहरूको अर्थ स्पष्ट गर्न यथासम्भव प्रयास गरिएको छ । यसका लागि समुचित रूपले सूत्रविभाग गरेर, सरल भाषामा सूत्रार्थ बताएर, अपेक्षित स्थलमा विशेष व्याख्या गरेर अथवा विस्तृत रूपले विषयलाई स्पष्ट पारेर, यथासम्भव विविध प्रकारका उदाहरणहरू देखाएर तथा आवश्यक स्थलहरूमा अन्य व्याख्याको समीक्षा पनि गरेर यो व्याख्या रचिएको छ । यहाँ अन्य व्याख्याताहरूले अस्पष्ट नै छोडिदिएका कतिपय विषय राम्ररी स्पष्ट पारिएका छन् । यस प्रसङ्गमा यकारको कस्ता स्थलमा जकार उच्चारण हुन्छ र कस्ता स्थलमा यकार नै उच्चारण हुन्छ, वकारको कस्ता स्थलमा सुस्पृष्टत्व (गुरुत्व) हुन्छ, कस्ता स्थलमा ईषत्स्पृष्टत्व (लघुत्व) हुन्छ, षकारको कस्ता स्थलमा खकार उच्चारण हुन्छ र कस्ता स्थलमा षकार नै उच्चारण हुन्छ इत्यादि विषय यहाँ राम्ररी स्पष्ट पारिएका छन् । साथै अन्य मतको खण्डन गरेर मन्त्रमा पनि रेफपछि ऋकार आउँदा रेफको स्वरभक्तिसहित उच्चारण गर्नुपर्छ भन्ने सिद्धान्तको समर्थन गर्नु र कहीँकहीँ अमरनाथ शास्त्री दीक्षित, युधिष्ठिर मीमांसक इत्यादिका प्रतिपादनहरूमा शास्त्रविरुद्ध अंश देखाउनु इत्यादि विषय पनि यहाँ आएका छन् ।
प्रतिज्ञासूत्रमा सङ्क्षिप्त रूपले उल्लेख गरिएका कतिपय विषयको प्रतिपादन यहाँ याज्ञवल्क्यशिक्षा इत्यादि ग्रन्थका वचनहरूको उद्धरण र तिनको सोदाहरण व्याख्या गरेर विस्तृत रूपले गरिएको छ । अध्येताहरूको सुविधाका निम्ति प्रतिज्ञासूत्रको विस्तृत विषयानुक्रमणिका पनि यहाँ संलग्न गरिएको छ । भूमिकामा प्रतिज्ञासूत्रका सम्बन्धमा आवश्यक तथा उपयोगी विविध विषय संस्कृत र नेपाली भाषामा प्रतिपादन गरिएको छ । त्यसैले प्रतिज्ञासूत्रको प्रस्तुत संस्कृत तथा नेपाली व्याख्या विद्यार्थी, विद्वज्जन र अन्य जिज्ञासुहरूका निम्ति पनि समान रूपले नै उपयोगी हुन सक्ने देखिन्छ।
कारिकावली (केशवीयशिक्षा)
कारिकावलीनामक शिक्षा ज्योतिर्विद् केशवरामबाट रचिएको हो ।  यसैलाई पद्यात्मिक केशवीयशिक्षा पनि भन्दछन् । यो शुक्लयजुर्वेदको माध्यन्दिनीय शाखासित सम्बद्ध शिक्षा हो । यहाँ हातले देखाइने उदात्तादि स्वरहरूको (हस्तस्वरको) सङ्केतको विधि, यकारको उच्चारणप्रकार, रेफस्वरभक्ति, लकारस्वरभक्ति, ऋकारको र लृकारको उच्चारणरीति, वकारका भेद तथा उच्चारण, षकारको उच्चारणप्रकार, अनुस्वारका भेद तथा तिनको उच्चारणविधि, अनुस्वारको आंशिक परसवर्ण, विसर्गको उच्चारणपछि केही कालको विराम र स्थलविशेषमा अकारको केही दीर्घता यी विषय प्रतिपादित छन् । यस शिक्षाको व्याख्या अथवा अनुवाद अहिलेसम्म उपलब्ध थिएन । त्यसैले पनि यसको नेपालीमा व्याख्या गरिएको हो । यो शिक्षा पूर्णतया प्रतिज्ञासूत्रको अनुगामी भएकाले कातीय–प्रतिज्ञासूत्रसितै जोडेर यहाँ प्रस्तुत गरिएको हो । यसअघि यो शिक्षा वाराणसीमा प्रकाशित शिक्षासङ्ग्रहमा (१९४६ वि.सं., द्वि.सं. २०४६ वि.सं.) मात्र मुद्रित रूपमा उपलब्ध थियो । यस शिक्षाका उक्त दुइ संस्करणमा मुद्रित पाठ ठाउँठाउँमा भ्रष्ट वा असङ्गत छन् । त्यसैले यस व्याख्यामा उपपत्ति दिएर त्यस्ता पाठको संशोधन पनि गरिएको छ । यसमा एक्काइस पद्य छन् ।
शुक्लयजुर्वेदको शुद्ध उच्चारण गर्न सिकाउने यी दुइ ग्रन्थ वेद, मीमांसा, धर्मशास्त्र, कर्मकाण्ड, भाषाशास्त्र, ध्वनिविज्ञान इत्यादिका अध्ययनशील तथा जिज्ञासु पाठकका निम्ति रुचिकर र उपयोगी हुन सक्छन् । यी दुवै ग्रन्थ डा.आमोदवर्धन कौण्डिन्न्यायनले व्याख्या गर्नु भएको छ र भुँडीपुराण प्रकाशनद्वारा एउटै पुस्तकमा समाविष्ट गरेर प्रकाशित (२०७२) गरिएका छन् ।

Good Astrology Counseling

Are You seeking for Good Astrology Counselling, Now you can access to authentic Vedic astrologer from Nepal? Our Fee is 1100 or $15 Per Question. You can make payment through Esewa or SkrillOur Id:-astrologernepal@gmail.com . Only Paid Questions will be Answered.

Vastu Fees

Home:- Rs.5,100.00. Apartments: Rs.11,000.00. Commercial shop/office:- Rs. 5,100.00. Industry :- Rs.21,000.00.

सम्पादक/प्रकासक:-
डा. सुनील सिटौला (आचार्य कैवल्यानन्द)
ज्योतिर्विज्ञान मञ्च- पोस्ट बक्स २६३२९
काठमाडौं नेपाल। सेल:-९८५१०-७२१८८
email:- suneelsitaula@hotmail.com

We have 10 guests and no members online

ज्योतिषी परामर्स

कुनै पनि तान्त्रिक, साधु, सन्यासीले
तपाईँको भाग्य बदल्न सक्दैन।
तर ज्योतिषशास्त्रबाट भविष्यमा
हुने घटनाहरूको पूर्व अनुमान गरी
उपायहरू अपनाउन सकिन्छ ।
सम्पर्क:- डा.सुनील: NIC Asia
बैंकसंगै जोडीएको सेतो घर
मैतिदेवी काठमाडौं नेपाल
शुल्क रु ११०० - मात्र ।
मोबाईल : ९८५१०७२१८८ (बूकिङको लागि मात्र)
१३- १७ घण्टा भित्र संपर्क गर्नुहोला
Email:-astrologernepal@gmail.com

Jokhana App

 Jokhana is a traditional occult science. It is as powerful and practical as Tarot, Voodoo, Oracle, Astrology, Jyotish, Palmistry, Numerology, Fengshui, Vastu and so on and so forth. Download

Lucky Gems or Stones

We suggest and provide the lucky gems or stones suitable for your signs - lunar Manson, Dasha and birth number. email: astrologernepal@gmail.com or visit www.astrologernepal.com

पत्रीका कभरफोटो

Astrology services

 Dr. Suneel Sitaula is a famous Palmist and Astrologer. He uses astrology, palm reading, and Numerology readings and provides solutions. For more info visit:- www.astrologernepal.com