Highlights

Please Contribute your Donations Generously to Support the Research on Hindu Astrology and Allied subject.
Donations are not compulsory and you can fill in the amount according to your capacity. You can send it through Esewa and Skrill. Paypal is not accepted in Nepal.

 Esewa Id:- astrologernepal@gmail.com, Skrill Id: astrologernepal@gmail.com.

वैदिक पात्रो र वैदिक नववर्ष

काठमाडौं मङ्सिर १६। वैदिक कालगणनासिद्धान्तअनुसार सबैभन्दा छोटो दिन हुने समय (यस वर्ष पुस ७ गते) बाट सौर मानले उत्तरायण लाग्छ र त्यसभन्दा २४ दिनसम्म अगाडि अथवा ५–६ दिन सम्म पछाडि पर्ने शुक्लपक्ष प्रतिपदालाई तपोमासको शुक्लप्रतिपदा अथवा माघशुक्लप्रतिपदा भनिन्छ र त्यसै दिनबाट नयाँ वर्षको आरम्भ हुन्छ ।

यस प्रकारको वैदिक कालगणनापद्धति अनुसार यही २०७३ मङ्सिर १५ गते परेको शुक्लप्रतिपदा नै माघशुक्लप्रतिपदा भएको र त्यसै दिनबाट वैदिक धार्मिक नववर्षको र उत्तरायणको पनि आरम्भ भएको  हुँदा त्यसै प्रसङ्गमा यो लेख प्रस्तुत गरिएको छ । 

नेपालमा लिच्छविकालदेखि नै वैदिक कालगणनापद्धति प्रयोगमा रहिआएको देखिन्छ। वेदमा पाँचपाँच वर्षको एक युग मानिएको छ । त्यही पाँचवर्षे युग मान्ने लगधमुनिले बनाएको “पञ्चसंवत्सरमयं युगाध्यक्षं प्रजापतिम । दिनत्र्वयनमासाङ्गं प्रणम्य शिरसा शुचिः ।।” यस श्लोकबाट प्रारम्भ हुने ग्रन्थ नै मूल वेदाङ्गज्योतिष हो । यस वेदाङ्गज्योतिषमा बताइएको अधिकमासको व्यवस्थाको अनुकूल आषाढमा र पौषमा मात्र पर्ने अधिमासका उल्लेखहरू लिच्छविकालका अभिलेखमा देखिन्छन् । मल्लकालमा राखिएको भक्तपुर दत्तात्रेय मन्दिरको आजभन्दा ५५४ वर्ष अघिको ५८२ ने.सं.को  १५१८ वि.सं.को) अभिलेखमा पनि त्यस वर्ष पौषमा अधिमास परेको उल्लेख पाइएन्छ । यसबाट वैदिक कालगणनापद्धतिको नेपालमा संरक्षण हुँदै आएको कुरा स्पष्ट हुन्छ । नेपालका चाडपर्वहरू वैदिक परम्पराका अनुकूल रूपमा चान्द्र महिना तिथिहरूमा नै मानिने र नेपालसंवत्को चान्द्रमास आजसम्म पनि वेदाङ्ग–ज्योतिषले भनेजस्तै अमान्त (शुक्लप्रतिपदाबाट थालिने औँसीमा पूरा हुने) नै छन् । 

यसबाट नेपालको परम्परागत कालगणनापद्धति र पञ्चाङ्ग पात्रो) मूल रूपमा वैदिक धार्मिक परम्पराअनुसारको नै रहिआएको देखिन्छ । तर आजभोलि अर्वाचीन राशिपद्धतिमा अडेका ज्योतिषग्रन्थका र पछाडि कल्पित धर्मशास्त्रवचनका आधारमा बनाइने भारततिरका पञ्चाङ्गहरूका प्रभावमा परेका आधुनिक पञ्चाङ्गका कारणले नेपालका तिथिपर्वहरू ठिक समयमा नमनाइने स्थिति आएको देखिन्छ ।

नेपाली ब्राह्मणहरूका परम्परामा वैदिक स्वाध्यायाध्ययनमा वेदाङ्ग–ज्योतिषग्रन्थ पढिँदै आएको कुरा नेपाल राष्ट्रिय अभिलेखालयमा वेदाङ्गज्योतिषका धेरै हस्तलेखहरू पाइएबाट पनि स्पष्ट हुन्छ। मूल वैदिक ज्योतिषग्रन्थका विरोधी वा प्रतिकूल कुरा धर्ममा प्रमाण हुँदैनन् भन्ने कुरा पनि स्पष्ट नै छ। मूल वेदाङ्गज्योतिषग्रन्थ “पञ्चसंवत्सरमयम्” इत्यादि नै हो भन्ने कुरा शिवपुराणका “सम्मितञ्च ततः पञ्चसंवत्सरमयं ततः” कैलाससंहिता १२।९१) भन्ने भनाइबाट पनि स्पष्ट हुन्छ । वज्राचार्यहरूले  गुभाजुहरूले) पनि बहाल–बहालका पाटिमा दिनदिनै परम्परागत पद्धतिको तिथिमिति लेखेर उपासकहरूलाई कालको ज्ञान दिने प्रथा आधुनिक पञ्चाङ्गका प्रभावमा परेर  छोडि दिए जस्तो बुझिन्छ । यस परिस्थितिमा नेपालको मौलिक वैदिक कालगणनापद्धतिको पुनर्जागरण आवश्यक हुन आएको छ । स्वाध्यायशालाकुटुम्बले दुइ दशकदेखि यसतर्पm विशेष प्रयास गर्दै आएको छ र विगत सात वर्षदेखि वैदिकतिथिपत्रम् (वैदिक पात्रो) प्रकाशित गर्दै आएको छ । वि.सं. २०७४ का निम्ति नयाँ वैदिक तिथिपत्र पनि प्रकाशित भैसकेको छ ।

नेपालका विभिन्न समुदायका लोसारहरू पनि उत्तरायणबाट वर्ष थालिने वैदिक मान्यताकै प्रभावबाट चलेका देखिन्छन् । तर अयनचलनले ल्याएको परिवर्तनले गर्दा एक अथवा दुइ महिना पछाडि पुगेका छन् । थारु समुदायले माघीमा नयाँ वर्ष मान्नुमा पनि यही कारण देखिन्छ । तर निरयण गणनाले गर्दा वास्तविक उत्तरायणको आरम्भभन्दा २४ दिन पछाडि पर्न गएको छ । रोमन पात्रोको ग्रेगोरिद्वारा सुधारिएको वर्तमान क्यालेण्डरमा पनि उत्तरायण लाग्दा नयाँ वर्ष मान्न खोजिएको देखिन्छ । तर वास्तविक उत्तरायण पुस ७ भन्दा १० दिन पछाडि पुस १७ गतेबाट वर्षको सुरुवात मानिएकाले १० दिन अशुद्ध भएको छ । 

वैदिक तिथिपत्र (पात्रो) का विभिन्न विशेषता रहेका छन् । तिथिपत्रका मुख्यभागमा कलिसंवत्, बार गुगको ६० वर्षे युगसङ्घभित्रको वर्तमान युगको नाम, त्यस युगको वर्तमान वैदिक वर्षको नाम, कोष्ठभित्र चान्द्र ६० वर्षमध्येको वर्तमान चान्द्रसंवत्सरको नाम र सङ्ख्या, वर्तमान अयन  उदगयन÷उत्तरायण अथवा दक्षिणायन), ऋतु, मास र पक्ष क्रमशः उल्लिखित गरिएका छन् । पक्ष लाग्नुभन्दा अगि बितेको कलियुगको प्रारम्भदेखि बितेका गतकलिसावनअहर्गण पनि दिइएको छ । 

तिथिपत्रका मुख्यभागका पृष्ठहरूमा शिरका दोस्रा पङ्क्तिमा विक्रमसंवत्, शकान्तसंवत्  शकसंवत्), बार्हस्पत्य संवत्सरको नाम, त्यस पक्षमा परेको वर्तमान कालमा चलेका गते गनिने सौर महिनाको मेषमास, वृषमास आदि संस्कृतनाम, त्यस मासका नेपालमा वर्तमान लोकव्यवहारमा प्रचलित वैशाख, जेठ आदि नेपाली नाम, त्यस पृष्ठमा उल्लिखित पक्षमा परेको चैत्र, वैशाख, ज्येष्ठ आदि पूर्णिमान्त चान्द्र महिनाका पक्षका नाम, कोष्ठमा नेपालसंवत् र विशेषतः काठमाण्डु उपत्यकाका नेवारी परम्परामा आइरहेको कृष्ण पक्षमा पूरा हुने चान्द्रमासका पक्षको नेवारी नाम र त्यसको संस्कृत अनुवाद तथा अर्को कोष्ठभित्र क्रिश्चियन वर्षको अङ्ग्रेजी महिनाको नाम र वर्ष  क्रमैले दिइएका छन् । 

तिथिपत्रका मुख्य भागका पृष्ठहरूमा सर्वप्रथम वैदिक कालगणनापद्धति–अनुसारका प्रतिपदा, द्वितीया आदि तिथिहरू दिइएका छन् । दोस्रो ठाडो पङ्क्तिमा त्यसत्यस दिनका सूर्योदयदेखि सूर्यास्तसम्म रहने करणहरू दिइएका छन् । त्यसत्यस दिनका सूर्यास्तदेखि अर्को सूर्योदय नभइञ्जेल रातभर रहने करण दिनको करणभन्दा पछिल्लो करण हुन्छ । करणपछि दृक्सिद्ध लौकिक तिथिहरू दिइएका छन् । त्यसपछिको ठाडो पङ्क्तिमा तीती लौकिक तिथिको समाप्ति हुने काल दृक्सिद्ध गणनाअनुसार त्यस दिनको घण्टा मिनेटमा दिइएको छ, त्यस पछि वैदिक गणना–पद्धतिअनुसारका नक्षत्रहरू दिइएका छन् । त्यसपछि वैदिक नक्षत्रकालको समाप्तिको मुहूर्त र कला दिइएको छ । त्यसपछि वैदिक नक्षत्रको समाप्तिकालको घण्टा–मिनेट दिइएको छ । त्यसपछिको ठाडो पङ्क्तिमा लौकिक नक्षत्र र त्यसपछि उल्लिखित लौकिक नक्षत्रको समाप्तिकालको घण्टा–मिनेट दृक्सिद्ध गणनाअनुसार दिइएको छ । त्यसपछिको ठाडो पङ्क्तिमा विष्कम्भादि स्थिर २७ योगहरू दिइएका छन् । त्यसपछि त्यसत्यस योगको समाप्तिकाल घण्टामिनेटमा दिइएको छ । इनको सङ्कल्पमा उल्लेख गर्ने परम्परा छ । त्यसपछि वार र नक्षत्रका योगले हुने आनन्दादि २८ चर योगहरू दिइएका छन् । इनको सङ्कल्पमा उल्लेख गर्ने परम्परा छैन । यी विष्कम्भादि २७ स्थिर योग र आनन्दादि २८ चरयोग अर्वाचीन ज्योतिष ग्रन्थका हुन्, मूल वैदिक वाङ्मयमा छैनन् । त्यसपछिको ठाडो पङ्क्तिमा त्यस दिन चन्द्रमा रहने लौकिक नक्षत्रअनुसारका मेष, वृष इत्यादि राशिहरू दिइएका छन् । त्यसपछिको ठाडो पङ्क्तिमा त्यसत्यस दिनका दिनमानका घण्टा–मिनेटहरू, त्यसपछिका ठाडो पङ्क्तिमा त्यसतेस दिनका सूर्योदयका घण्टा–मिनेटहरू र त्यसपछिको ठाडो पङ्क्तिमा सूर्यास्तका घण्टा–मिनेटहरू दिइएका छन् । सूर्यास्तका घण्टा–मिनेट दिइएको ठाडो पङ्क्तिभन्दा पछिको ठाडो पङ्क्तिमा वैदिक आर्तव (सायन) सौर वर्षको अहर्गण दिइएको छ । अहर्गणपछि वैदिक मूल ग्रन्थमा नभएका तर आजभोलि लोकमा अत्यन्त प्रसिद्ध वारहरू दिइएका छन् । त्यसपछिका ठाडो पङ्क्तिमा राशिमा आधारित परिभाषाका गत १९६० संवत्देखि नेपालमा शासकीय व्यवहारमा प्रयोग गर्नेगरिएका मेषमास–वृषमास इत्यादि  वैशाख–जेठ इत्यादि) सौरमासका गतेहरू दिइएका छन् । त्यसपछिका ठाडा पङ्क्तिमा क्रिश्चियन (इसाई) वर्षका जनबरी, फरबरी इत्यादि महिनाका तारिखहरू दिइएका छन् । त्यसपछिका खण्डमा त्यसत्यस दिनका मुख्य श्रौत स्मार्त पौराण इत्यादि व्रत–पर्वहरू उल्लिखित छन् । तिथिपत्रका मुख्य भागका पृष्ठहरूमा तल्लो भागमा गत कलि सावन अहर्गणपछि सूर्यको नक्षत्रप्रवेशको वैदिक सिद्धान्तअनुसारको काल मुहूर्त र कलामा दिइएको छ। कोष्ठकमा सो काल घण्टा–मिनेटमा पनि दिइएको छ । बाँकी ठाउँमा केही ज्ञातव्य विषय सङ्कलित छन् । वैदिक तिथिपत्रमा लोकमा प्रचलित व्यवहारका लागि आवश्यक यात्रानक्षत्र आदि, शिववास, अग्निवास, चौरप्रश्न, नष्टप्राप्ति आदि कतिपय  कुराहरू पछाडि सङ्कलित गरिएका छन् । 

आर्यावर्तमा चलेर आइरहेको मौलिक वैदिक आर्ष शिक्षा–पद्धतिमा समय–समयमा पर्न आएका बाधा–व्यवधानहरूले गर्दा पछिल्लो समयमा वेदाङ्गज्योतिषको राम्रो अध्ययन–अध्यापनको परम्परा नचलेको देखिन्छ । यस ग्रन्थको सोमाकरभाष्य नामको एक मात्र पुरानो व्याख्या पाइन्छ । आधुनिक कालमा पाश्चात्त्य अनुसन्धाता कोलब्रुक, फ्रेडरिक म्याक्समुलर, याकोबी, वेबेर, जी. थिबो इत्यादिले वेदाङ्गज्योतिषको अर्थ बुभ्mन प्रयास गरेको पाइन्छ । तर उनीहरू सफल भने हुन नसकेको देखिन्छ । भारतीय अनुसन्धाता कृष्णशास्त्री गोडबोले, जनार्दन बालाजी मोडक, शङ्करबालकृष्ण दीक्षित, लाला छोटेलाल (बार्हस्पत्य), सुधाकर द्विवेदी, बालगङ्गाधर तिलक, योगेशचन्द्र राय, शामशास्त्री, गोरखप्रसाद, सत्यप्रकाश, इन्द्रनारायण द्विवेदी इत्यादिले पनि राम्रोसँग बुझ्न र व्याख्या गर्न नसकिराखेको वेदाङ्गज्योतिषको मूल कालगणनापद्धतिलाई वेद, वेदाङ्ग, स्मृति, पुराण र इतिहासको विशेष अध्ययन–मननका आधारमा स्पष्ट पारिएको छ र वेदाङ्गज्योतिषको कौण्डिन्न्यायनव्याख्यानमा प्रकाशित छ ।  मौलिक वैदिक कालगणनापद्धतिका विषयमा २ हजार वर्ष जति अगिदेखि पैmलिँदै आएका अज्ञानान्धकारलाई चिर्दै आर्यतपोभूमि यस हिमवत्खण्डमा रहेको नेपालबाट यो वैदिक तिथिपत्र प्रकाशित गर्ने कामको प्रारम्भ भएको छ । नेपालीहरूका निम्ति यो गौरवको विषय पनि हो ।

पञ्चाङ्गकारहरुले ध्यान दिनु पर्ने कुरा अहिले २०७४ संवत्का अरु पञ्चाङ्ग बन्ने समयमा पञ्चाङ्गकारहरूकोे विशेष ध्यान आकृष्ट गर्न प्रचलनमा रहेका पञ्चाङ्गहरूमा सुधार गर्नु पर्ने केही विषय स्पष्ट गरिन्छ —

१. मूल वैदिक परम्परामा धार्मिक कर्म गर्दा प्रारम्भमा गरिने सङ्कल्पमा चान्द्र संवत्सरको नै उल्लेख वा स्मरण गर्नू अरु संवत्सरको नगर्नू भन्ने विधान छ । यो कुरा निर्णयसिन्धुका प्रारम्भमा नै अब्दनिर्णय–प्रकरणमा उल्लेख गरिएको “स्मरेत् सर्वत्र कर्मादौ चान्द्रं संवत्सरं सदा । नान्यं यस्माद् वत्सरादौ प्रवृत्तिस् तस्य कीर्तिता” भन्ने आष्र्टिषेणका वचनमा स्पष्ट छ । धर्मसिन्धुका प्रारम्भमा पनि “कर्मादौ सङ्कल्पे चान्द्रवत्सर एव स्मर्तव्यो नान्यः” भनेर धर्मकर्मका प्रारम्भमा सङ्कल्प गर्दा चान्द्र संवत्सरको नै स्मरण गर्नू अरू संवत्सरको स्मरण नगर्नू भन्ने स्पष्ट निर्णय दिइएको छ । यी चान्द्र वत्सर भनेका पाँचवर्षे वैदिक युगका संवत्सर, परिवत्सर, इदावत्सर, इद्वत्सर र वत्सर यी वर्ष र तिनैका १२ ओटा चक्रका आधारमा चल्ने प्रभव, विभव इत्यादि ६० संवत्सरहरू हुन् । यो कुरा हेमाद्रिका श्राद्धकल्पका  पृ.११५२–११५३) र कालमाधवका (उपोद्घात, श्लो.१३) उल्लेखबाट पनि बुभ्mन सकिन्छ । चल्तीका पञ्चाङ्गमा लेखिएका “जय” इत्यादि संवत्सर चाहिँ नाम उही भए पनि चान्द्र संवत्सर हैनन्, बार्हस्पत्य संवत्सर हुन् । यस वर्ष मङ्सिर १४ गतेको औँसीमा चान्द्र “प्लवङ्ग” संवत्सर समाप्त भई १५ गतेबाट “कीलक” संवत्सर लागेको छ । यस चान्द्र संवत्सरको समावेश प्रचलित पात्रोहरूमा हुनु वाञ्छनीय छ।

२. वैदिक परम्पराका धार्मिक कर्ममा ऋतु पनि चान्द्र नै लिनु पर्छ । यो कुरा मधु, माधव इत्यादि वैदिक महिनाहरू चान्द्र भएको कुरा तिनैका लहरमा तेह्रौँ महिना अंहसस्पति  मलमास)को वेदमा उल्लेख भएकाबाट बुझिन्छ । दुइ चान्द्र महिनाको नै एक ऋतु हुने कुरा “मधुश्च्च माधवश्च्च वासन्तिकावृतू” इत्यादि वेदका उल्लेखबाट नै स्पष्ट हुन्छ । हेमाद्रिका कालखण्डमा र कालमाधवमा पनि प्रशस्त विचार गरी  श्रौत स्मार्त कर्ममा चान्द्र ऋतु नै लिनु पर्ने निर्णय गरिएको छ । निर्णयसिन्धु र धर्मसिन्धुमा पनि “श्रौत–स्मार्त–व्रिmयाः सर्वाः कुर्याच् चान्द्रमसर्तुषु । तदभावे तु सौरर्तुष्विति ज्योतिर्विदां मतम्” भनेर देखाइएको छ । प्रचलित अन्य पञ्चाङ्गहरूमा भने सौर ऋतु  त्यसमा पनि “निरयण” अवास्तविक चाहिँ सौर (ऋतु) लेख्ने गरिएको छ । वैदिक परम्पराका धार्मिक पञ्चाङ्गमा प्रकाशित वैदिकतिथिपत्रमा  वैदिक पात्रो) मा जस्तै चान्द्र ऋतुलाई नै प्राथमिकता दिएर लेख्ने गर्नु आवश्यक छ । 

३. प्रचलित पञ्चाङ्गमा पूर्णिमान्त  कृष्णपक्ष प्रतिपदामा थालेर पूर्णिमामा पूरा हुने) चान्द्रमास लेखिएका हुन्छन् । त्यसबाट एउटै चैत्र महिनाको कृष्णपक्ष अघिल्लो वर्षमा पर्ने, चैत्र महिनाका माझमा पर्ने चैत्रशुक्लप्रतिपदामा वर्षारम्भ हुने र चैत्रशुक्लपक्ष पछिल्लो वर्षमा पर्ने कुरा मान्न पर्ने नमिल्दो स्थिति पर्न गएको छ । अरु सबै चान्द्र महिना पूर्णिमान्त मान्ने, अधिकमास चाहिँ अमान्त मान्ने र अधिकमासलाई शुद्ध मासका कृष्णपक्ष र शुक्लपक्षका माझमा राख्ने आवश्यकता पनि पूर्णिमान्त चान्द्रमास मान्ने पक्षमा पर्न आउँछ । यो कुरा पनि उचित छैन । वैदिक धार्मिक परम्पराका चान्द्रमास भने अमान्त  शुक्लपक्ष प्रतिपदामा थालेर औँसीमा पूरा हुने) चान्द्रमास हुन् । काठमाडौँ उपत्यकामा प्रचलित नेवारी परम्पराका चान्द्रमास अमान्त भएकाले माथि भनिएका दोषहरू ती चान्द्रमासमा आउँदैनन् । 

४. वैदिक मूल परम्परामा वास्तविक सौर अयनका अन्तमा मात्र अधिकमास मानिन्छन् । त्यसबाट चान्द्रऋतुहरूको र सौरऋतुहरूको तालमेल राम्ररी बस्ने हुन्छ । तसर्थ आप्mनो वैदिक र युक्तियुक्त कालगणनापद्धति छोडी युक्तिहीन कालगणनापद्धति अँगाल्नु उचित हँदैन । अधिकमास आषाढ र पौषमा मात्र मान्ने परिपाटीको अनुसरण पनि पञ्चाङ्गहरूमा हुनु पर्छ।

५. दिनको जुनसुकै समयमा तिथि परिवर्तन हुन सक्ने स्फुटतिथिपक्ष वैदिक होइन । त्यसले हाम्रा वैदिक परम्पराका धार्मिक कृत्यहरुमा धेरै गोलमाल पार्छ । वैदिक कालगणनापद्धतिको तिथिगणनापद्धतिमा भने तिथि अखण्डित र अहोरात्रात्मक (एक दिन र रात भरि एउटै तिथि हुने) हुन्छ । त्यसमा दर्शश्राद्ध हुने औँसीको भोलिपल्ट प्रतिपदा, प्रतिपदाका भोलिपल्ट द्वितीया, द्वितीयाका भोलिपल्ट तृतीया, यसप्रकार टुट्बढ् नभई तिथिहरू आउँछन् । चतुर्दशीबाहेक अरु तिथि टुट्तैनन् । कुनै तिथि पनि बढ्दैन । यस मूल वैदिक परम्पराका तिथिगणनापद्धतिमा सबै वर्षमा नवरात्र नौ दिनको नै हुन्छ र (१) लक्ष्मीपूजा, (२) गोवर्धनपूजा (३) भ्रातृपूजा यी पर्व तीनदिनसम्म छुट्टाछुट्टै दिनमा लगातार पर्छन् र कुनै गोलमाल पर्न आउँदैन । 

कालगणनापद्धतिका विषयमा माथि विवेचना गरिएका विषयहरू राम्ररी बुझी मूल वैदिक परम्पराको र आफ्ना शास्त्रको र परम्पराको राम्रो अध्ययन अनुसन्धान गरेर नेपालको मौलिकता र विशेषता सुरक्षित हुने गरी अहिलेका पञ्चाङ्गका उक्त प्रकारका दोष हटाई नेपालमा आफ्नो वैदिक मौलिक धार्मिक पञ्चाङ्गहरू धेरै मात्रामा बनाउने र प्रचार गर्ने गर्नु अत्यन्त आवश्यक र अपेक्षित छ । यस विषयमा विविध प्रकारले समर्थ र उद्बुद्ध विज्ञहरूको तथा पञ्चाङ्ग बनाउने पञ्चाङ्गकारहरूको समुचित ध्यान जानु अपेक्षित छ । (—प्रमोदवर्धन कौण्डिन्न्यायन)

Good Astrology Counseling

Are You seeking for Good Astrology Counselling, Now you can access to authentic Vedic astrologer from Nepal? Our Fee is 1100 or $15 Per Question. You can make payment through Esewa or SkrillOur Id:-astrologernepal@gmail.com . Only Paid Questions will be Answered.

Vastu Fees

Home:- Rs.5,100.00. Apartments: Rs.11,000.00. Commercial shop/office:- Rs. 5,100.00. Industry :- Rs.21,000.00.

सम्पादक/प्रकासक:-
डा. सुनील सिटौला (आचार्य कैवल्यानन्द)
ज्योतिर्विज्ञान मञ्च- पोस्ट बक्स २६३२९
काठमाडौं नेपाल। सेल:-९८५१०-७२१८८
email:- suneelsitaula@hotmail.com

We have 9 guests and no members online

ज्योतिषी परामर्स

कुनै पनि तान्त्रिक, साधु, सन्यासीले
तपाईँको भाग्य बदल्न सक्दैन।
तर ज्योतिषशास्त्रबाट भविष्यमा
हुने घटनाहरूको पूर्व अनुमान गरी
उपायहरू अपनाउन सकिन्छ ।
सम्पर्क:- डा.सुनील: NIC Asia
बैंकसंगै जोडीएको सेतो घर
मैतिदेवी काठमाडौं नेपाल
शुल्क रु ११०० - मात्र ।
मोबाईल : ९८५१०७२१८८ (बूकिङको लागि मात्र)
१३- १७ घण्टा भित्र संपर्क गर्नुहोला
Email:-astrologernepal@gmail.com

Jokhana App

 Jokhana is a traditional occult science. It is as powerful and practical as Tarot, Voodoo, Oracle, Astrology, Jyotish, Palmistry, Numerology, Fengshui, Vastu and so on and so forth. Download

Lucky Gems or Stones

We suggest and provide the lucky gems or stones suitable for your signs - lunar Manson, Dasha and birth number. email: astrologernepal@gmail.com or visit www.astrologernepal.com

पत्रीका कभरफोटो

Astrology services

 Dr. Suneel Sitaula is a famous Palmist and Astrologer. He uses astrology, palm reading, and Numerology readings and provides solutions. For more info visit:- www.astrologernepal.com