Highlights

Please Contribute your Donations Generously to Support the Research on Hindu Astrology and Allied subject.
Donations are not compulsory and you can fill in the amount according to your capacity. You can send it through Esewa and Skrill. Paypal is not accepted in Nepal.

 Esewa Id:- astrologernepal@gmail.com, Skrill Id: astrologernepal@gmail.com.

२०७५ सालमा तपाईंको राशिफल

काठमाडौं चैत्र १५। आजको ५ दिन पछी सौरमास अनुसार नेपालका लिच्छवी वंशको प्रथम राजा धर्मपाल भूमिवर्मा विक्रमादित्यले चलाएको विक्रम सम्वत २०७५ साल लाग्ने छ। यो नयाँ वर्ष २०७५ सालमा १२ राशी मन्डलका लागि शुभ अशुभ फल प्रचलित गोचरको गणित अनुसार राख्दै छौ।

मेष राशी

२०७५ सालको राशिफल। असोज १८ गतेसम्म बृहस्पति ग्रह शुभ फलदायी रहने छ। दाम्पत्य सुख , प्रेम सुख, आम्दानी बढ्ने देखी पराक्रम र यात्रा पनि शुभ फलदायी रहने छ। त्यसपछी बृहस्पति ग्रह फाल्गुन १९ गतेसम्म अशुभ रहन्छ । बिहे ब्रतबन्ध, महत्वपूर्ण कार्यमा हानी र अवरोध आउनेछ। राहु-केतु ग्रह फाल्गुन १० गतेसम्म केन्द्र स्थानमा रहिरहने छ। राजनीति एवम परदेसमा बस्ने हरुको लागि शुभ फलदायी एवम सफलता मिल्ने छ। तर घर परिवार एवम छर छिमेक सन्ङ्गको सम्बन्ध विग्रने छ। शनि ग्रह वर्ष भरी नै भाग्य स्थानमा रहिरहने छ्। धर्मकर्ममा रुची, अध्ययनको क्षेत्रमा सफलता एवम कानुन , न्याय क्षेत्रकालाई भागयोदय कारक वर्ष छ्। अन्यक्षेत्रकालाई मिश्रित फलदायी वर्ष देखिन्छ। बटुक भैरव र गणेश एवम हनुमानको आराधाना गर्दा अशुभ फलमा कमी आउने छ।

बृष 

२०७५ सालको असोज १८ गतेसम्म बृहस्पति ग्रह मध्यम फलदायी रहने छ। दाम्पत्य सुख , प्रेम सुख, आम्दानी बढ्ने देखी पराक्रम र यात्रा पनि शुभ फलदायी रहने छ। त्यसपछी बृहस्पति ग्रह फाल्गुन १९ गतेसम्म शुभ रहन्छ । बिहे ब्रतबन्ध, महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ । राहु-केतु ग्रह फाल्गुन १० गतेसम्म शुभ स्थानमा रहिरहने छ। यात्रााको लागि शुभ फलदायी एवम सफलता मिल्ने छ। तर दाजु भाई एवम साथी सङ्गीसङ्गको सम्बन्ध विग्रने छ। शनि ग्रह वर्ष भरी नै अढैयामा रहिरहने छ्। मानसिक असान्ती, परिवारमा कस्ट, नोकारीमा शत्रु, शैक्षिक क्षेत्रमा बधा जस्ता अशुभ फल मिल्नेछ। वर्ष भरै नै भद्रकाली र हनुमानको आराधाना गर्दा अशुभ फलमा कमी आउने छ।  

मिथुन 

२०७५ सालको असोज १८ सम्म बृहस्पति पुत्र स्थानमा, त्यसपछी शत्रु स्थानमा, वर्ष भरी नै कण्टक शनि र राहु फाल्गुन १० गतेसम्म धन र राहु आयु स्थानमा रहिरहने छ। विद्ध्या , सन्तान प्रेम सम्बन्ध शुभ रहनेछ। तर कण्टक शनिले पारिवारिक जीवनमा बिबाद एवम झमेला आउन सक्छ। साझेदारिमा पनि झमेला आउँला। धन मित्र कुटुम्बमा बिबाद बढ्ने देखिन्छ। तर बैदेसिक यात्रामा सफलता मिल्ने छ। पशु पालन एवम कृषिबाट लाभ मिल्नेछ। राहु केतु को जप र भैरव आराध्ना गर्दा शुभ फलदायी रहने।  

कर्क 

२०७५ सालको असोज १८ सम्म बृहस्पति सुख स्थानमा, त्यसपछी पुत्र स्थानमा, वर्ष भरी नै शनि शत्रु स्थानमा र राहु फाल्गुन १० गतेसम्म टाउकैमा र केतु पत्नी स्थानमा रहिरहने छ। आर्थिक कार्यमा लाभ , घर जग्गा जमिन जोड्न सकिने छ। नोकरिमा स्थानतरणको सम्भावना छ। सन्तान प्रेम सम्बन्ध झन्झटिलो रहनेछ। तर शनिले ऋण रोग एवम शत्रुनाट छुटकरा मिल्नेछ। साझेदारिमा पनि सफलता मिल्नेछ। धन मित्र कुटुम्बमा राम्रो देखिन्छ। तर बैदेसिक यात्रामा झमेला छ। पशु पालन एवम कृषिबाट लाभ मिल्नेछ। 

सिह 

२०७५ सालको असोज १८ सम्म बृहस्पति पराक्रम स्थानमा, त्यसपछी सुख स्थानमा, वर्ष भरी नै शनि बुद्धी स्थानमा र राहु फाल्गुन १० गतेसम्म खर्च र केतु शत्रु स्थानमा रहिरहने छ। रोकिएको कामहरु बन्नेछन। पारिवारिक मिलाप एवम सहयोग मिल्नेछ। घर जग्गा जमिन जोड्न सकिने छ। नोकरिमा उन्नतिको सम्भावना छ। सन्तान प्रेम सम्बन्ध सुखद रहनेछ। तर शनिले बुद्धी एवम विद्ध्यामा हानी गर्ने छ। रोग एवम शत्रुले पनि दु:ख दिनेछन। साझेदारिमा मध्यम सफलता मिल्नेछ। धन मित्र कुटुम्बमा राम्रो देखिन्छ। तर बैदेसिक यात्रामा झमेला छ। पशु पालन एवम कृषिबाट लाभ मिल्नेछ। कालिको आराधाना एवम आईतवार व्रत , धर्म कर्म गर्दा वर्ष शुभ रहने छ। 

कन्या 

२०७५ सालको असोज १८ सम्म बृहस्पति धन स्थानमा, त्यसपछी पराक्रम स्थानमा, वर्ष भरी नै शनि सुख स्थानमा अर्थात शनिको अढैया। र राहु फाल्गुन १० गतेसम्म लाभ र केतु बुद्धी स्थानमा रहिरहने छ। रोकिएको धन हात पर्नेछ। तर शनिको अढैयाले पारिवारिक झमेला एवमा असन्तुस्टी बढ्नेछ। घर जग्गा जमिनमा बिबाद आउने छ। नोकरिमा पनि शत्रु लाग्ने सम्भावना छ। ,सन्तान प्रेम सम्बन्धमा चिन्ता रहनेछ। साझेदारिमा सफलता मिल्नेछ। नयाँ लगानीको बातावरण बन्नेछ। धन मित्र कुटुम्बमा राम्रो देखिन्छ। तर बैदेसिक यात्रामा झमेला छ। पशु पालन एवम कृषिबाट मध्यम सफलता मिल्नेछ। शनिको मन्त्र जप पाठ आराधाना एवम व्रत , धर्म कर्म गर्दा वर्ष शुभ रहने छ। 

तुला

२०७५ सालको असोज १८ सम्म बृहस्पति शिरमा, त्यसपछी धन स्थानमा, वर्ष भरी नै शनि पराक्रम स्थानमा र राहु फाल्गुन १० गतेसम्म कर्म र केतु सुख स्थानमा रहिरहने छ। वर्ष शुभ छ। कार्य योजनामा सफलता एवम धन हात पर्नेछ। तर वर्षको शुरुमा केही चोट पटक एवम दु:ख बिरामी परेता पनि अन्य कुरा रामै छ। पारिवारिक झमेला एवम छिमेकिसङ्ग चाँही असन्तुस्टी बढ्नेछ। नोकरिमा शत्रु माथि जित हुने योग छ। सन्तान प्रेम सम्बन्धमा शुभ देखिन्छ। साझेदारिमा सफलता मिल्नेछ। नयाँ लगानीको बातावरण बन्नेछ। धन मित्र कुटुम्बमा राम्रो देखिन्छ। तर मित्र एवम यात्रामा झमेला छ। पशु पालन एवम कृषिबाट मध्यम सफलता मिल्नेछ। शिव भगवानको मन्त्र जप पाठ आराधाना एवम व्रत, धर्म कर्म गर्दा वर्ष शुभ रहने छ।  

बृश्चिक 

२०७५ सालको असोज १८ सम्म बृहस्पति खर्चमा, त्यसपछी शिरमा, वर्ष भरी नै शनि धन स्थानमा अर्थात अन्त्य शनि साँढेसाती र राहु फाल्गुन १० गतेसम्म भाग्य र केतु पराक्रम स्थानमा रहिरहने छ। वर्ष मध्यम छ। कार्य योजनामा सफलता एवम धन हात पर्नेछ। तर धेरै नै भागडौड र दु:ख बिरामी खेप्नु पर्नेछ। धन हानी हुने योग छ। लगानी गर्दा याद राख्नुस्। पारिवारिक एवम छिमेकिसङ्ग चाँही राम्रो सम्बन्ध बन्नेछ। नोकरिमा शत्रु लाग्न सक्छ। सन्तान प्रेम सम्बन्धमा मध्यम देखिन्छ। साझेदारिमा सफलता मिल्नेछ। नयाँ लगानीको बातावरणमा धोका हुन सक्छ। धन मित्र कुटुम्बमा राम्रो देखिन्छ। पशु पालन एवम कृषिबाट सफलता मिल्नेछ। नारायण भगवानको मन्त्र जप पाठ आराधाना एवम व्रत, धर्म कर्म गर्दा वर्ष शुभ रहने छ।  

धनु

२०७५ सालको असोज १८ सम्म बृहस्पति लाभ स्थानमा, त्यसपछी खर्छमा, वर्ष भरी नै शनि टाउकोमा अर्थात मध्य शनि साँढेसाती र राहु फाल्गुन १० गतेसम्म आयु र केतु धन स्थानमा रहिरहने छ। वर्ष मध्यम छ। कार्य योजनामा असफलता एवम धन हानी हुने छ। तर मित्र एवम घर परिवार माता पिता बाट सहयोग र सदभाब रहिरहने छ। नोकरिमा अपजस लाग्न सक्छ। सन्तान प्रेम सम्बन्धमा पनि चिन्ता र बधा देखिन्छ। पशु पालन एवम कृषिबाट मध्यम लाभ मिल्नेछ। नारायण भगवानको एवम भैरव र दुर्गाको मन्त्र जप पाठ आराधाना एवम व्रत, धर्म कर्म गर्दा वर्ष शुभ रहने छ।  

मकर

२०७५ सालको असोज १८ सम्म बृहस्पति कर्मा स्थानमा, त्यसपछी लाभमा, वर्ष भरी नै शनि खर्च अर्थात शनि साँढेसाती शुरु र राहु फाल्गुन १० गतेसम्म दाम्पत्य र केतु शिर स्थानमा रहिरहने छ। वर्ष खासै राम्रो छैन। मानसिक चिन्ता, आर्थिक कठिनाई देखी पारिवारिक बिरोदको पनि सामना गर्नु पर्ने देखिन्छ। नोकरिमा अपजस एवम शत्रु लाग्न सक्छ। सन्तान प्रेम सम्बन्धमा निरासा देखिन्छ। पशु पालन एवम कृषिबाट चाँही लाभ मिल्नेछ। यात्रामा धोका हुन सक्छ। शनिको साँढे साती र राहुकेतु दुनै खराब छन। रोग व्याधी एवम चोट पटकको पनि भय देखिन्छ। शनि ग्रहको मन्त्र जप पाठ आराधाना एवम शनिबार व्रत, धर्म कर्म गर्दा वर्ष शुभ रहने छ। 

कुम्भ

२०७५ सालको असोज १८ सम्म बृहस्पति भाग्य स्थानमा, त्यसपछी कर्ममा, वर्ष भरी नै शनि लाभ स्थानमा र राहु फाल्गुन १० गतेसम्म शत्रु र केतु खर्च स्थानमा रहिरहने छ। वर्ष सामान्य देखिन्छ। धन लाभ एवम शत्रु नाश हुने योग छ। नयाँ नयाँ लगानिको बातावरण बन्नेछ। घर जगा जमिनको लाभ पनि छ्। तर मानसिक चिन्ता र पारिवारिक बिरोध सामना गर्नु पर्ने देखिन्छ। नोकरिमा उन्नती हुने योग छ। नयाँ रोजगारी पनि मिल्नेछ। सन्तान प्रेम सम्बन्धमा सुखद देखिन्छ। केतु ग्रह खराब छ। रोग व्याधी एवम चोट पटकको पनि भय देखिन्छ। केतु ग्रहको मन्त्र जप पाठ आराधाना एवम गणेशको व्रत, धर्म कर्म गर्दा वर्ष शुभ रहने छ।  

मिन

२०७५ सालको असोज १८ सम्म बृहस्पति मृत्‍यु स्थानमा, त्यसपछी भाग्यमा, वर्ष भरी नै शनि कर्मा स्थानमा र अर्थात् कण्टक शनि दसा। राहु फाल्गुन १० गतेसम्म बुद्धी र केतु लाभ स्थानमा रहिरहने छ। वर्ष प्रतिकुल देखिन्छ। धन हानी एवम शत्रु बाधा हुने योग छ। नयाँ नयाँ लगानिको काममा ढिला सुस्ती देखिन्छ। घर जगा जमिनको लाभ छ तर सन्तान एवम पिता सङ्ग सम्बन्ध बिग्रन सक्छ। नोकरिमा दण्ड जरिवना हुने योग छ। नयाँ रोजगारी पनि बिभिन्न्न बाधा अडचन आउन सक्छ। प्रेम सम्बन्धमा चाँही सुखद रहनेछ। शनि एवम बृहस्पति ग्रह खराब छ। रोग व्याधी एवम चोट पटकको देखी अनावश्यक झमेलाको योग देखिन्छ। शनि ग्रहको मन्त्र जप पाठ आराधाना एवम बटुक भैरव र शिवको व्रत, धर्म कर्म गर्दा वर्ष शुभ रहने छ।

Good Astrology Counseling

Are You seeking for Good Astrology Counselling, Now you can access to authentic Vedic astrologer from Nepal? Our Fee is 1100 or $15 Per Question. You can make payment through Esewa or SkrillOur Id:-astrologernepal@gmail.com . Only Paid Questions will be Answered.

Vastu Fees

Home:- Rs.5,100.00. Apartments: Rs.11,000.00. Commercial shop/office:- Rs. 5,100.00. Industry :- Rs.21,000.00.

सम्पादक/प्रकासक:-
डा. सुनील सिटौला (आचार्य कैवल्यानन्द)
ज्योतिर्विज्ञान मञ्च- पोस्ट बक्स २६३२९
काठमाडौं नेपाल। सेल:-९८५१०-७२१८८
email:- suneelsitaula@hotmail.com

We have 10 guests and no members online

ज्योतिषी परामर्स

कुनै पनि तान्त्रिक, साधु, सन्यासीले
तपाईँको भाग्य बदल्न सक्दैन।
तर ज्योतिषशास्त्रबाट भविष्यमा
हुने घटनाहरूको पूर्व अनुमान गरी
उपायहरू अपनाउन सकिन्छ ।
सम्पर्क:- डा.सुनील: NIC Asia
बैंकसंगै जोडीएको सेतो घर
मैतिदेवी काठमाडौं नेपाल
शुल्क रु ११०० - मात्र ।
मोबाईल : ९८५१०७२१८८ (बूकिङको लागि मात्र)
१३- १७ घण्टा भित्र संपर्क गर्नुहोला
Email:-astrologernepal@gmail.com

Jokhana App

 Jokhana is a traditional occult science. It is as powerful and practical as Tarot, Voodoo, Oracle, Astrology, Jyotish, Palmistry, Numerology, Fengshui, Vastu and so on and so forth. Download

Lucky Gems or Stones

We suggest and provide the lucky gems or stones suitable for your signs - lunar Manson, Dasha and birth number. email: astrologernepal@gmail.com or visit www.astrologernepal.com

पत्रीका कभरफोटो

Astrology services

 Dr. Suneel Sitaula is a famous Palmist and Astrologer. He uses astrology, palm reading, and Numerology readings and provides solutions. For more info visit:- www.astrologernepal.com