Highlights
विश्वनै काल सर्पको घेरामा परेको
Read more...   |   

" One of the secrets of amassing wealth is to offer donations and participate in charities at least to 10% of your earnings, which in turn will reciprocate infinite quantity of inflow of income". Please contribute your donations generously to support the research on Hindu Astrology and allied subject.

वार्षिक राशिफल २०७३

मेष:- तपाईँको यस वर्ष २०७३ सालमा परिवारमा सुख शान्ति मिल्नेछ। तर फाल्गुन ५ सम्म अढेया शनिका प्रभावले गर्दा शारीरिक सबलतामा न्यूनता मानसिक शान्ति खलल हुनेछ। अनावश्यक यात्रा गर्नुपर्नेछ। आँटेको कामहरु, विस्तारै पूरा हुँदै जानेछन्। नोकरीबाट प्रंशसित भइनेछ। कृषिजन्य कार्यले जीवनस्तर सुधार्ने छ। राजनैतिक गतिविधिले सहयोग पु¥याउनेछ। पशु–पालनको कारोबार उच्चस्तरको रहनेछ। वैदेशिक क्षेत्रबाट राम्रो आम्दानी हुनेछ।

बौद्धिकस्तरको मूल्याङ्कन सबैबाट हुनेछ। पठनपाठनमा उल्लेख्य उपलब्धी हुनेछ। भूमि वहानादिबाट सोचेभन्दा बढी आम्दानी हुनेछ। धार्मिक कार्यतिर रुचि बढ्नेछ। बोलीचालीमा सावधान अपनाउनु आवश्यक छ।
वृ ष :
तपाईँको २०७३ साल मध्यम रहेको छ। धार्मिक कृत्यप्रतिको बढ्दो चाहनाले सोचे झैं सफलता प्राप्त हुनेछ। तपाईँको आर्थिक दृष्टिले यस वर्ष उत्तम रहेको छ। स्व–रोजगार लगायत विभिन्न प्रकारको व्यापारिक कार्यले लाभान्वित बनाउँदै लैजानेछ। कृषिजन्य कार्यले र पशुचौपाय व्यवसायबाट आर्थिक स्थिति मजबुत रहनेछ। इष्टमित्रहरु आफूप्रति आकर्षित हुनेछन्। मुद्धामामिलामा आफ्नै पक्ष बढी सुदृढ हुनेछ। अध्ययन अध्यापनमा विशेष प्रगति हुनेछ।
राहु ग्रहको कारण
नोकरीमा खटपट पर्न सक्छ। बेलाबेलामा घरपरिवारमा मच्चिने आन्तरिक कलहले मानसिक सन्तुलन स्थिर नहोला। राजनैतिक क्षेत्रबाट अपजस पाइनेछ। स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ। गुमेको धन हात लाग्नुका साथै आकस्मिक धन समेत लाभ हुनेछ।
मिथुन :
तपाईँको वर्ष २०७३ आर्थिक दृष्टि मध्यम खालको रहेको छ। अचल सम्पत्तिको क्रयविक्रयमा बढी सक्रिवय हुने अवसरले भूमिलाभ गराउने छ। कहिलेकाहीँ घरपरिवारमा झै–झगडा पर्न सक्नेछ। स्वरोजगारले जीवन प्रबद्र्धनमा मद्दत पु¥याउनेछ। विदेश भ्रमण गर्ने अवसर प्राप्त हुनेछ। नोकरीबाट अपजस खप्नु पर्नेछ। पशुपालन व्यवसायले मध्यम फल दिनेछ। राजनैतिक स्थितिले लाभान्वित बनाउला। सामाजिक क्षेत्रमा विशेष योगदान गर्न सकिने छ।
नयाँ कार्यको सोच आए पनि पूर्णतामा असमर्थ भइनेछ। अध्ययन अध्यापनप्रति झुकाव रहे पनि सफलता कमै मात्रामा पाइनेछ। परिवारको स्वास्थ्यमा समस्या उत्पन्न हुनेछ। धार्मिक क्षेत्रको बढी यात्रा हुनेछ। धार्मिक क्षेत्रको बढी यात्रा हुनेछ। घर निर्माण र वाहन प्राप्तिको योग रहेको छ।
कर्क ट :
२०७३ मिश्रित फलदायी वर्ष रहेको छ। व्यापार व्यवसायमा केही मात्रामा हानिनोक्सानी हुनेछ। पठनपाठनमा अनेकौं अवरोधहरुले गर्दा सफलता हुन गाह्रो पर्नेछ। नोकरीबाट अपजस पाइनेछ। खेतीपातीबाट मध्यम भए पनि पशुपालन व्यवसायले समुचित उपलब्धी हुनेछ। सामाजिक कार्यबाट उचित सम्मान पाइनेछ।
वैदेशिक रोजगारको अवसरले आर्थिक उन्नतिमा टेवा पु¥याउनेछ। धार्मिक अभिरुचिले मानसिक अशान्ति हटाउनमा मद्दत गर्नेछ। फाल्गुन देखी शनि लाग्लाने कुरा काट्ने काममा तगारो हाल्नेको संख्या बढ्नेछ। नातादार सँगको लेनदेन कारोबारले मनमुटाव ल्याउनेछ। वहानादिबाट सोचेभन्दा बढी आम्दानी हुनेछ।
सिंह :
तपाईँको २०७३ शनि ग्रहले गर्दा उत्तराद्र्ध राम्रो रहेको छ। फाल्गुन सम्म व्यापारबाट  सोचेझैं सफलता पाइने छैन। सवारीसाधनबाट सावधान रहनु अत्यावश्यक छ। सामान्य चोटपटक देखि दैवीय संकट पर्ने सम्भावना देखिन्छ। मानप्रतिष्ठामा आँच आउनेछ। अध्ययन अध्यापनमा जोश जाँगर हराएर जानेछ। तर गुरुको कृपाले  राजनैतिक गतिविधिले समाजमा निकै रवाफ बढाउनेछ। नोकरी र मजदुरीको कार्यले मानिसक शान्तिमा अभिवृद्धि हुनेछ। घरपरिवारको सहानुभूति प्रयाप्त पाइनेछ। धर्मकर्म प्रतिको रुचिले प्रशस्त सन्तुष्टि दिनेछ। कृषिजन्य कार्यले जीवनयापनमा सरलता ल्याउनेछ। पशु–पालन व्यवसायले उचित लाभको अनुभूति गराउनेछ। सामाजिक क्षेत्रबाट सुख सन्तोष मिल्नेछ।
कन्या :
तपाईँको २०७३  मध्यम फलदायी रहेको छ। अध्ययन अध्यायपनमा जाँगर बढ्नेछ। झुटो आरोप र विवादको सामना गर्नुपर्नेछ । आँटेका कार्यहरु अधुरै नै रहनेछ। सामाजिक क्षेत्रमा लाग्दा अपजस पाइनेछ। भाग्य प्राप्तिको अवसरले व्यवहारिक बनाउनेछ । व्यापार व्यवसायले सफलता दिलाउने छ। वैदेशिककार्यबाट राम्रो आम्दानी हुनेछ। धार्मिक चाहनाले तीर्थयात्रा गर्ने अवसर मिल्नेछ।
कृषिकार्य पशुचौपायको व्यवसायले जीवनस्तर सुधार्ने छ। कानुनी मामिलामा आफ्नै पक्षको जीत हुनेछ। आधुनिकतामा रम्न चाहने इच्छा आंशिरुपमा पूर्ण हुनेछ। राजनैतिक परिस्थितिमा धोका पर्न सक्छ। आँखासम्बन्धी समस्याले सताउनेछ।
तुला :
तपाईँको २०७३ फाल्गुन ५ गते सम्म  वर्ष साढेसति शनिको  प्रभावले गर्दा आफन्तजनसँग विवाद पर्न सक्छ। पढाइलेखाईमा पनि खासै उत्साह बढ्ने छैन। सरलकार्य पनि कठिनलाग्न थाल्छ। सवारी साधनबाट बच्न पूजा पाठ जप हवन शान्तिकर्म गर्नु राम्रो हुनेछ। वैदेशिक रोजगारबाट सोचेजस्तो आम्दानी हुने छैन। नया कार्यहरुमा बाधा अवरोध पर्नेछ। बोलीचालीमा विशेष सावधान अपनाउनु पर्नेछ।
बोलीचालीमा विशेष सावधान अपनाउनु आवश्यक छ। व्यापारबाट सामान्य लाभ हुनेछ। कृषि पशुचौपायबाट सन्तोषजनक आम्दानी हुनेछ। आलस्यता बढ्नेछ। स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने छ। आकस्मिक धन लाभ हुनेछ।
वृश्चिक:
तपाईँको २०७३  धार्मिक र सामाजिक कार्यमा बढी समय बित्नेछ। फालगुन सम्म मध्य  साढेसति शनिको पूर्ण प्रभावले गर्दा शारीरिक तन्दुरुस्ततामा रोगव्याधले बाधा गर्नेछ। मानसम्मानमा आघात पर्न सक्छ। वैदेशिक रोजगारको अवसर फुत्कन सक्नेछ। पढाइमा ध्यान नपुगे पनि लेखाइबाट विशेष उन्नति हुनेछ।
मुद्धामामिलासम्बन्धी झमेलामा पर्नेछ। रोकिएका कामहरु अधुरै रहनेछन्। आफन्तमा वैरभावजस्ता नकारात्मक फल प्राप्त हुने भएकाले शनिदेवको पूजा आराधाना शान्ति कर्म गर्नाले शुभफल प्राप्त हुनेछ। कृषिबाट सोचेजस्तो लाभ हुनेछैन। पशु चौपायवहानादिबाट राम्रै आम्दानी हुनेछ। बोलीचालीमा विशेष ख्याल पु¥याउनु पर्नेछ।
धनु:-
तपाईँको २०७३ शनिको दसाले गर्दा  खर्चको मात्रा बढे पनि आर्जनल धान्ने नै छ। मानसम्मानको वृद्धिले समाजमा छुट्टै अस्तित्व कायम गर्नमा सफल भइनेछ। शारीरिक स्फूर्तिले पराक्रम प्रशस्त मात्रामा बढ्नेछ। व्यापारबाट सोचेभन्दा बढी नै लाभ हुनेछ। दाजुभाइको उन्नति प्रगति देख्न पाइनेछ। आम्दानीमा नयाँ अवसरहरु देखापर्ने छन्। राजनैतिक र सामाजिक कामबाट मानसम्मान मिल्नेछ।
नोकरीमा केही अपजस खप्नु परेता पनि पदोन्नति हुनेछ। अध्ययन अध्यापनमा रुचि बढ्ने छ। गुमेको धन हात लाग्नुका साथै आकस्मिक धन समेत लाभ हुनेछ।साढेसति शनिको प्रभावले काममा ढिलासुस्ति हुने, मौका छोपी शत्रुहरुले टाउको उठाउन थाल्ने भएकाले सचेत रहनुपर्ने छ।
मकर:
तपाईँको २०७३  वैदेशिक क्षेत्र सफल  रहेको छ। अध्ययन अध्यापनमा रुचि बढ्ने छ। अहिलेसम्म रोकिएका कार्यहरु पूर्णरुपमा पूरा हुनेछन्। शत्रुहरुले शिर निहुराउने छन्। पशु व्यवसायमा हानी पुगे पनि उद्योग र कृषि क्षेत्रबाट लाभ हुनेछ। धार्मिक तीर्थस्थलको लामो यात्रा गर्ने अवसर मिल्नेछ। भूमि वहान लाभ हुनेछ। खर्च अत्यधिक बढ्नाले ऋणमा डुब्ने सम्भावना प्रवल छ। न्यायिक क्षेत्रमा आफ्नै जित हुनेछ। घरपरिवार र इष्टमित्रबाट विशेष सहयोग प्राप्त हुनेछ। राजनैतिक परिस्थितिबाट मध्यमस्तरको सुख मिल्नेछ।  व्यापार व्यवसायमा उचित लाभ हुनेछ। अव्यवस्थित जीवनशैली विस्तारै सुध्रिदै जानेछ। सन्तान सुख मिल्नेछ।
कुम्भ:
तपाईँको २०७३  राम्रो रहेको छ। कृषिजन्य कार्यबाट सफलता मिल्नेछ। साथीभाइको सहयोगले आर्थिक उन्नति हुनेछ। वैदेशिक क्षेत्रका कामहरु बढ्नेछ। नयाँ कार्यको थालनी हुनेछ। जग्गा घर तथा वाहन प्राप्त हुनेछ। सामाजिक काममा मन बढ्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। अध्ययन अध्यापनकार्य राम्रो हुनेछ। पुख्र्यौली सम्पत्ती सम्बन्धी विवाद बढ्ने भएकाले त्यसतर्फ सचेत हुनु आवश्यक छ। सञ्चित धनको नाश हुनेछ। नशासम्बन्धी समस्याले सताउनेछ। व्यापार व्यवसायबाट राम्रै आम्दानी हुनेछ। रोकिएका कार्यहरु पूरा हुनेछ। बोलीचालीमा विशेष सावधान अपनाउनु पर्नेछ।
मीन:
२०७३  तपाईँको आर्थिक दृष्टिले यस वर्ष राम्रो रहेको छ। सामाजिक र राजनैतिक कार्यबाट सुख शान्ति मिल्नेछ। आयआर्जन प्रशस्त मात्रामा हुनाले मनमा हौशला बढेर आउनेछ। सवारी साधनबाट चोटपटकको भय भएको हुनाले विशेष सावधानी अपनाउनु पर्नेछ। अध्ययन–अध्यापनमा रुचि बढ्नेछ। नयाँ साथीहरुसँग भेटघाट हुनेछ। साथीभाइको सहयोग मिल्नेछ। मनमा चञ्चलता आउनेछ। मानसिक अशान्ति पर्नेछ। जग्गा खरीद विक्री गर्दा त्यति लाभ हुने छैन। विश्वास गरेको व्यक्तिबाट धोका पाइनेछ। पशुपालन व्यवसायमा राम्रै लाभ हुनेछ। पेटसम्बन्धी समस्याले सताउनेछ।

Good Astrology Counseling

Are You seeking for Good Astrology Counselling, Now you can access to authentic Vedic astrologer from Nepal? Our Fee is 1100 or $15 Per Question. You can make payment through Esewa or Paypal. Our esewa Id:- astrologernepal@gmail.com and Paypal Id: jokhanalabs@gmail.comForeign Customers can make payments through Skrill payable to Suneel Sitaula Email:- astrologernepal@gmail.com. Mobile Number:- 9851072188 . Only Paid Questions will be Answered.

Vastu Fees

Home:- Rs.5,100.00. Apartments: Rs.11,000.00. Commercial shop/office:- Rs. 5,100.00. Industry :- Rs.21,000.00.

सम्पादक/प्रकासक:-
डा. सुनील सिटौला (आचार्य कैवल्यानन्द)
ज्योतिर्विज्ञान मञ्च- पोस्ट बक्स २६३२९
काठमाडौं नेपाल। सेल:-९८५१०-७२१८८
email:- suneelsitaula@hotmail.com

We have 45 guests and no members online

Most Read

ज्योतिषी परामर्स

कुनै पनि तान्त्रिक, साधु, सन्यासीले
तपाईँको भाग्य बदल्न सक्दैन।
तर ज्योतिषशास्त्रबाट भविष्यमा
हुने घटनाहरूको पूर्व अनुमान गरी
उपायहरू अपनाउन सकिन्छ ।
सम्पर्क:- डा.सुनील: NIC Asia
बैंकसंगै जोडीएको सेतो घर
मैतिदेवी काठमाडौं नेपाल
शुल्क रु ११०० - मात्र ।
मोबाईल : ९८५१०७२१८८ (बूकिङको लागि मात्र)
१३- १७ घण्टा भित्र संपर्क गर्नुहोला
Email:-astrologernepal@gmail.com

Jokhana App

 Jokhana is a traditional occult science. It is as powerful and practical as Tarot, Voodoo, Oracle, Astrology, Jyotish, Palmistry, Numerology, Fengshui, Vastu and so on and so forth. Download

Lucky Gems or Stones

We suggest and provide the lucky gems or stones suitable for your signs - lunar Manson, Dasha and birth number. email: astrologernepal@gmail.com or visit www.astrologernepal.com

पत्रीका कभरफोटो

Astrology services

 Dr. Suneel Sitaula is a famous Palmist and Astrologer. He uses astrology, palm reading, and Numerology readings and provides solutions. For more info visit:- www.astrologernepal.com