Highlights

Please Contribute your Donations Generously to Support the Research on Hindu Astrology and Allied subject.
Donations are not compulsory and you can fill in the amount according to your capacity. You can send it through Esewa and Skrill. Paypal is not accepted in Nepal.

 Esewa Id:- astrologernepal@gmail.com, Skrill Id: astrologernepal@gmail.com.

हिन्दु धर्म र बलि

काठमाडौं असोज १७।  बलिका विषयमा शास्त्रीय ज्ञान नगरिकनै गरिएका टीकाटिप्पणीहरू पनि आएका छन् । हिन्दु धर्म भनेको के हो ? सामान्यतया हचुवामा हिन्दु धर्म भन्ने गरिन्छ । तथापि वैदिक सनातन वर्णाश्रम धर्मको नै लौकिक व्यावहारिक नाम हिन्दु धर्म हो भन्ने मानिएको छ ।

त्यसमा पनि वेदको र मूल वैदिक सनातन वर्णाश्रम धर्मको विरोध नगर्ने र कुनैनकुनै रूपमा कुनैनकुनै अंशमा वेदमूलक देखिने विभिन्न पन्थहरू पनि लोकमा हिन्दु धर्मभित्रकै मानिएका छन् । तसर्थ हिन्दु धर्मभित्र विभिन्न प्रकारका अनुष्ठान र उपासनाहरू पर्दछन् । वैदिकहरूका शाश्वत प्रकृतिका र आफ्नै प्रकारका गम्भीर तत्त्वदर्शनका आधारमा चल्ने श्रौत–गृह्य यज्ञहरू पनि छन् । वैष्णवहरूका मूर्तिपूजा–उपासनाहरू भिन्नै प्रकारका छन् । शैव–पाशुपतादिका लिङ्गपूजा–श्मशानसेवनादि आप्mनै प्रकारका छन् । शाक्तहरूका पनि दक्षिणमार्ग–वाममार्ग इत्यादिका आ–आफ्ना आचरण–अनुष्ठान र उपासनाहरू छन् । तिनका आ–आप्mना शास्त्र र ग्रन्थ छन् । देवीका र भैरवका मन्दिरहरू मुख्यतया शाक्त पन्थका हुन् ।  त्यहाँ तिनले आफ्ना मार्गअनुसार कर्म गर्दछन् ।  त्यसमा सामान्य अवस्थामा अरू मार्गका व्यक्तिहरूले टिकाटिप्पणी गरेर हस्तक्षेप गर्नु उचित मान्न सकिँदैन । हाम्रा परम्परामा यस्तो भनिएको छ—

त्रयी साङ्ख्यं योगः पशुपतिमतं वैष्णवमिति, 

प्रभिन्ने प्रस्थाने परमिदमदः पथ्यमिति च । 

रुचीनां वैचित्र्यादृजुकुटिलनानापथजुषाम् , 

नृणामेको गम्यस्त्वमसि पयसामर्णव इव ।।

—शिवमहिम्नःस्तोत्रम्, श्लो.– ७ ।

यसो भनेर सबै सम्प्रदायका व्यक्तिलाई आफ्ना-आफ्ना रुचिका सोझा वा बाङ्गा, सजिला वा अप्ठेरा मार्ग पद्धतिबाट ईश्वरको पूजा–आराधना गर्ने छुट द्इिँदैआएको देखिन्छ । कसैलाई देवीका वा भैरवका मन्दिरमा चल्ने अनुष्ठान मनपर्दैन भने ऊ विष्णुका वा शिवका मन्दिरमा वा ब्राह्मणगृहमा वा गुरुकुलमा वा तपोवनमा वा नदीतीरमा वा पर्वतशिखरमा वा अन्यत्र जान सक्छ । एक प्रकारका पन्थका अनुयायीहरूलाई अर्को प्रकारका पन्थको अनुष्ठान विकृतिजस्तो लाग्न पनि सक्छ । त्यत्तिकैमा एक पन्थका अनुयायीले अर्को पन्थको अनुष्ठानलाई विकृति भनेर परस्पर विरोध चर्काउनु उचित देखिँदैन । देवदेवीलाई बलि दिने र तिनको मासु खाने कुरा पनि त्यस्तै हो । पुराण अनुसार र आफ्नो तन्त्रशास्त्र अनुसार अनुष्ठान गर्नेलाई अरुले केही भन्नु उचित हँुदैन । 

पशुबलिको कुरा देवीभागवत महापुराणमा तृतीय स्कन्धमा यसरी बताइएको छ—

मांसाशनं ये कुर्वन्ति तैः कार्यं पशुहिंसनम् । 

महिषा–ज–वराहाणां बलिदानं विशिष्यते ।।

देव्यग्रे निहता यान्ति पशवः स्वर्गमव्ययम् । 

न हिंसा पशुजा तत्र निघ्नतां तत्कृतेनघ ।।—देवीभागवत ३।२६।३२–३३ ।

जसले मासु खान्छन्, तिनले पशुबलि गर्नपर्छ । महिष, बोका, वनेलहरुको बलिदान विशिष्ट हुन्छ । देवीका अगाडि बलि दिइएका पशुहरु अक्षय स्वर्ग जान्छन् । उनको लागि हिंसा गर्दा हे निष्पाप, त्यहाँ पशुहिंसा नै भएको हुँदैन ।)

नेपालमा चन्दन, अक्षता, पूmल, धूप, दीप, नैवेद्य इत्यादि मिलेका उपचारले पूजा गर्ने, देवीसूक्तपाठ गर्ने र देवीका प्रीतिका लागि दुर्गाकवच, अर्गलास्तोत्र, कीलकपाठ गरी सप्तशतीस्तोत्र पाठ गरेर गच्छेअनुसार र आफ्नो रुचिअनुसार राँगो, भेडो, बोको, बेल, कुबिण्डो, उखु, माषान्न इत्यादिको बलि दिने प्रचलन छ । सबै दिन बोकाको बलि दिन नसक्नेले अरु दिन कुभिण्डाको बलि दिने र अष्टमीमा अथवा नवमीमा बोकाको बलि दिने गर्छन् । नवमीमा छागबलि दिनु उत्तम मानिएको देखिन्छ—

अष्टम्यां बलिदानेन विपत्तिर् जायते नृणाम् ।

दद्याद् विचक्षणो भक्त्या नवम्यां विधिवद् बलिम् ।।

–ब्रह्मवैवर्तपुराण प्रकृतिखण्ड ६५।८।

 हिंसा र अहिंसाको विवेचना पनि सूक्ष्म ढङ्गले गर्न आवश्यक देखिन्छ । स्थूल हिंसालाई मात्र हिंसा देख्ने सूक्ष्म हिंसालाई हिंसा नै नदेख्ने अवैज्ञानिक दृष्टि हटाउनुपर्छ । यस विषयको शास्त्रीय वस्तुस्थिति यथार्थ रूपमा बुभ्mन चाहनेले “लशुन–प्याज नखाने र मासु खाने नेपाली ब्राह्मणहरूका परम्पराको संक्षिप्त शास्त्रीय विवेचना” भन्ने स्वाद्ध्यायशालाकुटुम्बबाट प्रकाशित सानो पुस्तक (२०६४) पढ्न सकिन्छ । यस्ता विषयमा पढेलेखेका मान्छेले शास्त्रका आधारमा विचार गरेर लेख्न–बोल्न प¥यो । मठ, मन्दिर, पूजास्थल, तीर्थ इत्यादि उपासनास्थल पर्यटनस्थल हैनन् भन्ने कुरा पनि सम्झेर लेख्न–बोल्न आवश्यक छ । 

निष्कर्ष

उपर्युक्त सबै वस्तुतथ्यको अन्तस्तलमा पुगि विवेचना गरेमा नेपाली ब्राह्मणहरूले धर्मको मूलका रूपमा रहेको शास्त्रको आज्ञालाई शिरोधार्य गर्दै ‘कुनै पनि कर्म शास्त्रको वचनबाट नै गर्ने र शास्त्रको निषेधबाट नै छोड्ने गरि सदाकाल व्यवहार गर्ने (आँफ्ना राग–द्वेषका आधारमा त्यसो नगर्ने, राग–द्वेष–रहित) गृहस्थ पनि मुक्त हुन्छ’ भन्ने प्रजा–पति–स्मृतिका (श्लो.–१४६) वचनको  र यस्तै अरु वचनको  पनि सार बुझेर लशुन, प्याज, छ्यापि, च्याउ इत्यादि शास्त्र–निषिद्ध पातित्यजनक (पतित बनाउने) अभक्ष्य वस्तु नखाने र शास्त्रोक्त भक्ष्य मासु खाने गरेको रहस्य बुझन सकिन्छ ।

उपर्युक्त शास्त्रस्थितिबाट ब्राह्मणहरूले शास्त्रको विधिनिषेध राम्ररि बुझेर शास्त्रानुकूल खानपान र आचारविचार गरेर शास्त्रको मर्यादा बचाइ चल्नु मुख्य कुरा हो भन्ने बुझिन्छ । तसर्थ अगिपछि आँफुखुसि वा देवतालाई बलि दिएका बेला मासु खाने व्यक्तिले श्राद्धमा पनि मासुको प्रयोग गर्नु र मासु खानु शास्त्र–सम्मत र उचित देखिन्छ । नेपाली ब्राह्मणहरूको कुलदेवताको पूजामा छागादिबलि दिने परम्परा पनि छँदैछ । आँफु भने मनपरि मासु खाने, शास्त्रानुसार देउतालाई बलि दिने  कुराको चाहिँ अन्दा–धुन्द विरोध गर्ने पश्चिमाका चेलाहरूको काम सर्वथा शास्त्रविरुद्ध हुनाले अत्यन्तै निन्दनीय र तिरस्करणीय हो । पशुबलिको कुरा देवीभागवत महापुराणमा तृतीय स्कन्धमा यसरी बताइएको छ (देवीभागवत ३।२६।३२–३३) ।

मासु नखाने व्यक्तिले श्राद्धमा पनि मासुको प्रयोग नगरेर मासुको प्रतिनिधिका रूपमा आउने माषका फुरौलाको प्रयोग गर्ने गरे पनि हुने कुरा पनि पाइन्छ ।

यस्ता शास्त्रीय विषयमा जिज्ञासा हुने आस्तिक हिन्दुहरूले वेद, स्मृति र पुराणका सयौँ प्रमाणवचन पनि भएको “लशुन प्याज नखाने मासु खाने नेपालि ब्राह्मणहरुको परम्पराको संक्षिप्त शास्त्रीय विवेचना” भन्ने सानो पुस्तक २०६४) र “वैदिक हिन्दु धर्म संस्कृति” (२०६५) भन्ने ग्रन्थ पढ्नु लाभदायक हुन्छ । प्रमोदवर्धन कौण्डिन्न्यायन (धर्ममीमांसाचार्य, एम्.ए.)

Good Astrology Counseling

Are You seeking for Good Astrology Counselling, Now you can access to authentic Vedic astrologer from Nepal? Our Fee is 1100 or $15 Per Question. You can make payment through Esewa or SkrillOur Id:-astrologernepal@gmail.com . Only Paid Questions will be Answered.

Vastu Fees

Home:- Rs.5,100.00. Apartments: Rs.11,000.00. Commercial shop/office:- Rs. 5,100.00. Industry :- Rs.21,000.00.

सम्पादक/प्रकासक:-
डा. सुनील सिटौला (आचार्य कैवल्यानन्द)
ज्योतिर्विज्ञान मञ्च- पोस्ट बक्स २६३२९
काठमाडौं नेपाल। सेल:-९८५१०-७२१८८
email:- suneelsitaula@hotmail.com

We have 18 guests and no members online

Most Read

ज्योतिषी परामर्स

कुनै पनि तान्त्रिक, साधु, सन्यासीले
तपाईँको भाग्य बदल्न सक्दैन।
तर ज्योतिषशास्त्रबाट भविष्यमा
हुने घटनाहरूको पूर्व अनुमान गरी
उपायहरू अपनाउन सकिन्छ ।
सम्पर्क:- डा.सुनील: NIC Asia
बैंकसंगै जोडीएको सेतो घर
मैतिदेवी काठमाडौं नेपाल
शुल्क रु ११०० - मात्र ।
मोबाईल : ९८५१०७२१८८ (बूकिङको लागि मात्र)
१३- १७ घण्टा भित्र संपर्क गर्नुहोला
Email:-astrologernepal@gmail.com

Jokhana App

 Jokhana is a traditional occult science. It is as powerful and practical as Tarot, Voodoo, Oracle, Astrology, Jyotish, Palmistry, Numerology, Fengshui, Vastu and so on and so forth. Download

Lucky Gems or Stones

We suggest and provide the lucky gems or stones suitable for your signs - lunar Manson, Dasha and birth number. email: astrologernepal@gmail.com or visit www.astrologernepal.com

पत्रीका कभरफोटो

Astrology services

 Dr. Suneel Sitaula is a famous Palmist and Astrologer. He uses astrology, palm reading, and Numerology readings and provides solutions. For more info visit:- www.astrologernepal.com