Highlights

Please Contribute your Donations Generously to Support the Research on Hindu Astrology and Allied subject.
Donations are not compulsory and you can fill in the amount according to your capacity. You can send it through Esewa and Skrill. Paypal is not accepted in Nepal.

 Esewa Id:- astrologernepal@gmail.com, Skrill Id: astrologernepal@gmail.com.

वैदिक पात्रो अनुसार भोली जनै पुर्णिमा-

काठमाडौं असार ४। यस वर्षको वर्षा ऋतु आरम्भ भैसकेको छ। वर्षाकाल प्रारम्भ हुनेबित्तिकै पानी परेर ओषधि वनस्पतिहरु उम्रन थालेपछिको पहिलो पूर्णिमामा अध्यायोपाकर्म अथवा उपाकर्म पर्व (विधिवत् गुरुबाट वेदको पढाइ थाल्ने पर्व) मनाउनु पर्ने वैदिक निर्देश छ ।

यसको विधि शुक्लयजुर्वेदको पारस्करगृह्यसूत्रमा छ (काण्ड २, कण्डिका १०, सूत्र १–२) । याज्ञवल्क्यस्मृतिमा पनि यो विषय आएको छ (अध्याय १, श्लोक १४२) । यस दिन वेदको विधिपूर्वक अध्ययनको प्रारम्भका निम्ति अध्यायोपाकर्म भन्ने कर्म गरिन्छ ।
वास्तवमा वेदारम्भ उपनयन (व्रतबन्ध) का दिन नगरी यसै दिन गर्नुपर्ने हो । नेपालमा यसै दिन जनैपूर्णिमा पर्व मनाउने प्रचलन छ । यस दिन नेपालि पाहाडिया ब्राह्मणहरुले जनै मन्त्रने र नयाँ जनै लाउने काम पनि गर्छन् ।
वैदिक परम्परामा उत्तरायण र दक्षिणायन यी दुइ अयनको एक वर्ष मानिन्छ र धार्मिक अनुष्ठानका लागि सौर अयनको अपेक्षा राख्ने अर्थात् सौर अयनको नजिकै पर्ने चान्द्र अयन नै लिनु पर्ने विधान छ ।
प्रचलित नेपाली र भारतीय पञ्चाङ्ग(पात्रा)हरुमा उत्तरायणको प्रारम्भ निरयण भनिने मकरसङ्क्रान्तिमा अथवा माघ १ गते र दक्षिणायनको आरम्भ निरयण भनिने कर्कटसङ्क्रान्तिमा अथवा साउन १ गते मान्ने गरिएको छ । यी पञ्चाङ्गहरुमा एकातिर वास्तवमा सूर्य असार ६–७ गतेदेखि नै दक्षिणायनमा जाने तथ्यलार्ई “कर्कटे दृश्यार्कः” र “सायन दक्षिणायनारम्भ” भनेर जनाइन्छ वि.सं. २०७३ को कीर्ति–पञ्चाङ्ग, (पृ.१९) र सोही वेलादेखि दिनमान घट्न थालेको पनि देखाइन्छ भने आर्कातिर साउन १ गते मात्र दक्षिणायन लागेको अयथार्थ कुरा मानी धार्मिक चाडपर्वको समय निर्धारण गरिएको पाइन्छ । यसै कारण आजभोलिका पञ्चाङ्गका अयनहरु र ऋतुहरु अवास्तविक हुन पुगी चाडपर्वहरु पनि तिनका निर्धारित वास्तविक ऋतुभन्दा पछाडि पुग्न गएका छन् । यसले हाम्रा सबै धार्मिक कृत्यमा गडबडी पर्न गएको छ ।
वास्तविक अयनारम्भस्थितिलार्ई हेरी पञ्चाङ्गमा सुधार नगर्दा वैदिक धर्मशास्त्रको विपरीत काम हुने स्थिति खडा हुन पुगेको छ । वैदिक शास्त्रले दैवकर्म दक्षिणायनमा नगर्नू उत्तरायणमा नै गर्नू भनेको छ । वर्तमान कालमा असारको ६–७ गते नै सौर दक्षिणायन लाग्छ भने चान्द्रमानले त जेठको उत्तरार्धमा पर्ने शुक्लप्रतिपदादेखि नै दक्षिणायन लागी विवाह–व्रतबन्ध आदि संस्कारकर्म समेतका शुभकर्म गर्न नहुने अवस्था आइसकेको हुन्छ ।
सौर मानले दक्षिणायन लाग्ने दिन असार ६ अथवा ७ गते पर्छ । त्यस दिन भन्दा बढीमा २४ दिनसम्म अगाडि जुन दिन शुक्लपक्षको प्रतिपदा पर्छ त्यसै दिनबाट सौरचान्द्र दक्षिणायन लाग्छ भन्ने वेदाङ्ग–ज्योतिषको सिद्धान्त छ । जस्तै यस वर्ष २०७३ सालमा जेठ २३ गते परेको (नभः–श्रावण) शुक्ल–प्रतिपदादेखि सौरचान्द्र दक्षिणायन लागेको छ ।
तर प्रचलित पञ्चाङ्गमा असारमा पनि विवाहलग्न दिने गरेको पाइन्छ । यस वर्ष असार २७, २९ र ३० गते दिइएका विवाहका मुहूर्त वैदिक शास्त्र विपरीत दक्षिणायनमा परेकाले अशुद्ध छन् । यस्ता विषयमा सर्वसाधारण धार्मिक व्यक्तिहरुको ध्यान जानु पर्छ । यस विषयमा ठिक प्रकारले विचार गर्न सक्ने विषयगत योग्यता भएका विद्वान् वर्तमान कालमा नेपाल–भारतमा पाउन गारो छ ।
वर्षाकाल प्रारम्भ हुनेबित्तिकैको पहिलो पूर्णिमामा पर्ने अध्यायोपाकर्म अथवा उपाकर्म पर्व ब्राह्मणहरुका निम्ति महत्त्वपूर्ण पर्व हो । वर्षायाम र दक्षिणायनको आरम्भ भई अरु यज्ञ–यागादिमा संलग्न हुने काम नहुने समयमा वेद पढाउन र पढ्न थाल्ने पर्व हो उपाकर्म पर्व । नेपाली पाहाडिया ब्राह्मणहरुमा उपाकर्मको दिन यज्ञोपवीतको अभिमन्त्रण गर्ने (जनै मन्त्रने) र नयाँ यज्ञोपवीत (जनै) लगाउने जनैपूर्णिमा पर्व पनि मनाउने परम्परा रहिआएको छ ।
आजभोलि वर्षाको आरम्भ जेठको अन्तिम सप्ताहतिर भएपनि अहिलेका चल्तीका पञ्चाङ्गहरुमा जनैपूर्णिमा पर्व साउन १८ देखि भदौ १५ सम्ममा राख्ने गरिएको देखिन्छ । त्यतिखेर वर्षा समाप्तितिर पुग्न लागेको हुन्छ । यसरी यो पर्व त वास्तविक समयभन्दा कहिले एक महिना र धेरैजसो त दुइ महिना पर पुगेको छ । लगधप्रोक्त वेदाङ्गज्योतिषको सिद्धान्त अनुसार विगत चार वर्षदेखि वैदिक तित्रिपत्र वैदिक पात्रो) प्रकाशित हुँदै आएको छ ।
यस वर्ष २०७३ असार ५ गते आइतवार परेको वैदिक पूर्णिमा नै वर्षा ऋतुको पहिलो पूर्णिमा भएकाले वर्षा ऋतुको पहिलो पूर्णिमामा मनाइने जनैपूर्णिमा पर्व सोही दिन मनाउनु पर्ने निर्णय स्वाद्ध्यायशालाले गरेको छ । वैदिक पात्रोको यस वर्ष कलिसंवत् ५०८१ को अङ्कमा यो कुराको उल्लेख गरिएको छ वैदिक तिथिपत्र २०७३, पृ.३०) । पञ्चाङ्ग निर्णायक समितिद्वारा स्वीकृत पात्राहरुमा यस वर्ष जनैपूर्णिमा निरयण सिंहमास (भदौ) का २ गते मनाउने भन्ने उल्लख छ । त्यो वेला वर्षायाम बित्न लागेको हुने हुनाले त्यो समय शास्त्रसम्मत छैन ।
यस पूर्णिमामा स्नानादि गरेर शुद्ध भई ब्राह्मणहरुको पूजा–सत्कार गरेर ब्राह्मण–पुरोहितका हातबाट रक्षाबन्धन गराएमा वर्षदिनसम्म कल्याण हुने, दुष्ट प्रेत–पिशाचबाट बचाउ हुने, रोग–ब्याधहरुको र अरु सबै अशुभ कुराहरुको विनाश हुने, सबै विघ्न हट्ने, जितबाजी, सुख, आरोग्य, धन, पुत्त्र मिल्ने कुरा भविष्यपुराणमा बताइएको छ ।
उपनयन अर्थात् व्रतबन्ध भएपछि समिदाधान, गुरुको अभिवादन, स्नान, सन्ध्योपासन, ब्रह्मयज्ञादि कर्म गर्न पर्ने हुञ्छ र ती कर्म गर्नका लागि यज्ञोपवीतको जनैको) आवश्यकता पर्छ । त्यसैले उपनयनमा यज्ञोपवीत (जनै) दिइन्छ । उपनयनपछि लगाइने सूत्ररूपको डोरो आकारको) जनै आजभोलि द्विजातिको चिह्नका रूपमा रहने गरेको हुनाले यस प्रति समाजको विशेष भावना छ । यज्ञोपवीताभिमन्त्रण गर्ने (जनै मन्त्रने) विधान लोकमा विभिन्न रूपमा चलेका पाइन्छन् ।तर ती उचित देखिँदैनन् । शुक्लयजुर्वेदका अध्येताहरुका लागि समुचित जनै मन्त्रने विधि स्वाद्ध्यायशालाबाट प्रकाशित वैदिकमन्त्रसङ्ग्रहका परिशिष्टमा देखाइएको छ (पृ.११२–११४) । यज्ञोपवीतका नौ वटा तन्तु (धागो) मा क्रमशः ओङ्कार, अग्नि, नागहरु, यम, पितृ, प्रजापति, वायु, सूर्य र विश्वेदेवको आवाहन र विन्यास गरेर अभिमन्त्रण गरिन्छ ।
यस वर्ष पनि विगतमा जस्तै वैदिक शास्त्रसम्मत समयमा आगामी असार ५ गते जनैपूर्णिमा पर्व मनाउन वेद–वेदाङ्गका विशिष्ट विद्वान् श्रीशिवराज आचार्य कौण्डिन्न्यायनका नेतृत्वमा स्वाद्ध्यायशाला ब्रह्मपुरी, बुडानीलकण्ठ न.पा.–७, हात्तिगौँडा, काठमाण्डु) मा तथा वैदिक ज्योतिषका प्रवक्ता श्रीकृष्णप्रसाद दुवाडी आत्रेयका नेतृत्वमा वैदिक प्रज्ञाप्रतिष्ठान नेपाल रत्ननगर न.पा.–१३, टाँडी, चितवन) मा विशेष आयोजना प्रारम्भ भएको छ । वैदिकतिथिपत्र वैदिक (पात्रो) को प्रयोगलाई नेपाल र भारतका विभिन्न स्थानमा प्रसार गर्ने कार्य सञ्चालित भैरहेको छ ।
ऋतुहरुमा न्यूनतम एक महिना र अधिकतम दुइ महिना फरक परिसक्ता पनि पञ्चाङ्गमा त्यसलाई वास्ता नगरी चाडपर्व लेख्ने स्थिति अहिले देखिन्छ । साधारण श्रद्धालुहरुको त यस विषयमा ध्यान नै गएको हुँदैन। उनीहरुले त विज्ञहरुले ठिकै गरेका होलान् भन्ने ठान्छन् । त्यसैले सर्वप्रथम गुरु–पुरोहित–पण्डितहरुको र धर्मशास्त्रीहरुको ध्यान जानुपर्छ । यस्तो गम्भीर धार्मिक विषयमा सबैले चासो पनि राख्नुपर्छ । यस विषयमा विचारविमर्श चलाउन र उठाइने सबै प्रश्नको सप्रमाण शास्त्रीय उत्तर दिन स्वाद्ध्यायशालाकुटुम्ब सधैँ तत्पर छ ।
—प्रमोदवर्धन कौण्डिन्न्यायन
स्वाद्ध्यायशाला, काठमाडांँ,
९८४१९६८२६२,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

Good Astrology Counseling

Are You seeking for Good Astrology Counselling, Now you can access to authentic Vedic astrologer from Nepal? Our Fee is 1100 or $15 Per Question. You can make payment through Esewa or SkrillOur Id:-astrologernepal@gmail.com . Only Paid Questions will be Answered.

Vastu Fees

Home:- Rs.5,100.00. Apartments: Rs.11,000.00. Commercial shop/office:- Rs. 5,100.00. Industry :- Rs.21,000.00.

सम्पादक/प्रकासक:-
डा. सुनील सिटौला (आचार्य कैवल्यानन्द)
ज्योतिर्विज्ञान मञ्च- पोस्ट बक्स २६३२९
काठमाडौं नेपाल। सेल:-९८५१०-७२१८८
email:- suneelsitaula@hotmail.com

We have 20 guests and no members online

ज्योतिषी परामर्स

कुनै पनि तान्त्रिक, साधु, सन्यासीले
तपाईँको भाग्य बदल्न सक्दैन।
तर ज्योतिषशास्त्रबाट भविष्यमा
हुने घटनाहरूको पूर्व अनुमान गरी
उपायहरू अपनाउन सकिन्छ ।
सम्पर्क:- डा.सुनील: NIC Asia
बैंकसंगै जोडीएको सेतो घर
मैतिदेवी काठमाडौं नेपाल
शुल्क रु ११०० - मात्र ।
मोबाईल : ९८५१०७२१८८ (बूकिङको लागि मात्र)
१३- १७ घण्टा भित्र संपर्क गर्नुहोला
Email:-astrologernepal@gmail.com

Jokhana App

 Jokhana is a traditional occult science. It is as powerful and practical as Tarot, Voodoo, Oracle, Astrology, Jyotish, Palmistry, Numerology, Fengshui, Vastu and so on and so forth. Download

Lucky Gems or Stones

We suggest and provide the lucky gems or stones suitable for your signs - lunar Manson, Dasha and birth number. email: astrologernepal@gmail.com or visit www.astrologernepal.com

पत्रीका कभरफोटो

Astrology services

 Dr. Suneel Sitaula is a famous Palmist and Astrologer. He uses astrology, palm reading, and Numerology readings and provides solutions. For more info visit:- www.astrologernepal.com